नेपालगन्ज : जानकी गाउँपालिका वडा नं. २ बेलवाका होनहार माओवादी नेताद्वय कादु एमालेमा प्रबेश गरेका छन् । जानकी गाउँपालिका वडा नं. २ को बेलवामा आयोजित एमालेको घरदैलो कार्यक्रममा जानकी गाउँपालिका वडा नं. २ वाट २०७४ सालमा भएको निर्वाचनमा निर्वाचित वडा सदस्यद्वय जयराम काँदु र दिल प्यारी कादु एमालेमा प्रबेश गर्नुभएको हो । जानकी २ मा १५ बर्षदेखि निरन्तर माओवादीमा सक्रिय युवा नेता जयरामको पकड भोट २ सय बढि रहेको छ । यस अघि जानकीमा वडा सदस्य समेत रहेका रजनी शर्मा पनि एमालेमा प्रबेश गर्नुभएको छ । जानकी २ को बेलवामा आज सयौ एमाले कार्यकर्ताको उपस्थितिमा घरदैलो कार्यक्रम गरिएको छ ।
