(Friday 30th of October 2026)
`

संचारिका समुह बाँकेको भित्तेपात्रो बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम

  • सगरमाथा गन्तब्य
  • 14.9K
    SHARES

    नेपालगन्ज :संचारिका समुह बाँकेको भित्तेपात्रो बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम
    महिला पत्रकार उत्पादनमा पछि परेको भन्दै महिला पत्रकारहरुलाई जागरुक हुन् आवश्यक रहेको एक कार्यक्रममा सरोकारवालाले बताएका छन् । महिला पत्रकार बिभिन्न कारणले पिछडीएकाले र महिला पत्रकारको सहभागिता न्युनतम प्रतिसत रहेकाले महिला पत्रकारहरुलाई उत्पादन र दिर्घ राख्न महिला पत्रकारलाई जोड दिएका हुन् । संचारिका समुह बाँकेले बिश्व स्वतन्त्रता दिवशको अवसर पारेर २०७९ सालको क्यालेण्डर (भित्तेपात्रो) विमोचन गरको छ । संंचारिका समुह बाँकेको आयोजनामा २०७९ सालको क्यालेण्डर (भित्तेपात्रो) विमोचन गरिएको हो । भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै प्रमुख अथिती इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महतले संचारिका समुहले माहिला पत्रकारका बिषयलाइ मात्र नलिइ बालबालिका, पुरुष, मानब अधिकार लगायतका सबै बिषयमा संचारको माध्यमबाट संदेश दिन सक्ने क्षमता भएको बताउनुभयो । संचारिका समुहलाइ टिकाइ राख्न संचारिकाको आफनै भवन निर्माण गर्न अवको संचारिका टिमले पहल गर्न आवश्यक रहेको संचारिका समुह बाँकेको पुर्ब अध्यक्ष डा .मुना श्रेष्ठले जानकारी दिनुभयो । महिला पत्रकारलाइ अझँ शसक्त र सब्वल बनाउन खोजमुलक पत्रकारिता गर्न आवश्यक्ता अमाउँदै प्रत्येक तिन तिन महिनामा फिचर बुलेटिङ्ग निकाल्न उहाँले सुझाब दिनुभयो । यसका साथै उहाँले संचारिका समुहले भित्तेपात्रो निकालेकोमा बधाई तथा शुभकामना दिदै उहाँले अवको संचारीका समुह बाँकेका कार्यसमितीले संचारिकालाई नमुना बनाउन सक्ने सम्भावना रहेको कुरा व्यक्त गर्नुभयो । महिला पत्रकारमा कमि आएकाले महिला पत्रकारलाइ अव्बल बनाउन स्वम महिलाले भुमिका खेल्न आवश्यक रहको प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट. प्रसाद धितालले बताउनुभयो । संचारिका समुह बाँकेका अध्यक्ष रुपनी जीएम को अध्यक्षतामा गरिएको उक्त कार्यक्रमको प्रमुख अथित्यता इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महतले गर्नुभएको थियो । कार्यक्रममा संचारिका समुहका सस्थापक अध्यक्ष अक्षरी पोख्रेल, संचारिका समुह लुम्बिनी प्रदेशको उपाध्यक्ष रुपा गहतराज, समुह लुम्बिनी प्रदेशको महासचिब मेनुका चौधरी लगायतको उपस्थिती रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology