(Friday 30th of October 2026)
`

घरदैलो अभियानमा शसक्त बन्दै स्वतन्त्र उम्मेद्वार हल्वाई

  • सगरमाथा गन्तब्य
  • 17K
    SHARES

    नेपालगन्ज : स्थानिय तहको निर्वाचन तिब्रले नजिकीदै गरेको छ । स्थानिय तहको निर्वाचन नजिकिए संगै नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ स्वतन्त्र वडाअध्यक्ष पदका उम्मेदवार अव्दुल अजिज हल्वाईको घरदैलो अभियान सशक्त बन्दै गएको छ । सोमवार नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ मा जनतासंग प्रत्यक्ष भेटेर जनताको समस्याहरु बारे छलफल गर्दै घरदैलो अभियान गरिएको हो ।
    स्थानिय तहको निर्वाचनमा जनताले बहुमतले बिजयी गराए वडावासीको हरेक समस्यालाई केन्द्रबिन्दुमा राखेर जनताको सेवामा निरन्तर तम्तयार रहनेछु नेपागन्ज ५ वडाअध्यक्ष पदका उम्मेद्वार हल्वाईले बताउनुभयो । स्थानिय तहको निर्वाचनमा बिजयी भएभने म वडामा भ्रष्टचार गर्दिन गर्न पनि दिन्न । जनताकोे चाहना अनुसारको बिकासलाई पहिलो प्राथमिकता दिनेछु । म सदैब वडाको बिकासमा ईमानदारी पुर्वक काम गर्ने छु । वडामा पक्षपात नगरी बिकासमैत्री वडा बनाउन पहल गर्ने हल्वाईले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology