(Friday 30th of October 2026)
`

नेपालगन्ज ३ मा एमालेको सम्पर्क कार्यालय उद्घाटन

  • सगरमाथा गन्तब्य
  • 12.7K
    SHARES

    नेपाल कम्युनिष्ट पार्टी एमाले नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ मा सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ स्थित बुधवार नेकपा एमालेको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो । सम्पर्क कार्यालय उद्घाटन  नेकपा एमालेका केन्द्रिय सदस्य हारुन हल्वाईले रिबन काटेर नेपालगन्ज वडा नं ३ को सम्पर्क कार्यालय उद्घाटन गर्नुभएको हो । सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य हल्वाईले एमालेले बनाउने हरेक योजना जनताको हितमा रहेको  बताउनुभयो । नेकपा एमालेले मात्र निवार्चनमा महिला र पुरुष सम्माबेस गरेर उम्मेद्वार चयन गरेको छ उहाँले भन्नुभयो । अरु दलले गठबन्धनको नाममा महिला अधिकारको हनन् गरेका हुन् । े राज्यले संबैधानीक व्यवस्थामा संरक्षण गरेको राजनितीमा महिला अधिकारको सुनिश्चिताको कुरालाइ उलङघन गरेको छन् नेकपा एमालेका केन्द्रिय सदस्य हल्वाईले भन्नुभयो । नेपालगन्जमा एमालेले बिजय गरेर एमालेको सरकार बनाउन सके नेपालगन्ज उपमहानगरपालिकालाइ समृद्ध पालिका बनाउन सकिने नेपालगन्ज उपमहानगरपालिको मेयर पदका उम्मेद्वार पशुपतिदयाल मिश्रले बताउनुभयो । नेपालगन्जक उपहानगरपालिकाको २३ को २३ वटै वडाले मेयर उपमेयर सहित सात का सात छाप सूर्यमा मतदान गरि बिजय बनाएमा एमालेले जनताले अपेक्षा गरे बेमोजिमको बिकासमा जोड् दिने नेपालगन्ज उपमहानगरपालिका उपमेयर पदका उम्मेद्वार शान्ति ढकालले बताउनुभयो । नेपालगन्जवासी एकल महिला , सुरक्षा भत्ता जेष्ठ नागरिक सुरक्षा भत्ता बढाउन एमाले बाहेक अरु दलले गर्दैनन् । नेपालगन्जमा बिकास निर्माणका धेरै कामहरु गर्न अझ बाँकीनै छ उहाँले भन्नुभयो । जनताले घरदैलो र सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा देखाएको सक्रियताले नेकपा एमालेले स्थानिय तहको निर्वाचनमा बहुमतले जित्नुमा बिश्वस्त रहेको नेपालगन्ज उपमेयर पदका उम्मेद्वार ढकालले बताउनुभयो । उक्त सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य दिपा शर्मा, नेकपा एमाले जिल्लाको पुर्व अध्यक्ष निरक गुरुङ्ग , नेकपा एमालेका प्रदेश सदस्य अक्षरी पोख्रेल , नेकपा एमाले नगर अध्यक्ष दत्त प्रसाद आचार्य , नेपाल ईत्तहाद मुस्लिम संगठनका केन्द्रिय सचिव हलिम शांह , लगायत नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology