(Friday 30th of October 2026)
`

नेपालगन्ज २० मा एमालेको सम्पर्क कार्यालय उद्घाटन

  • सगरमाथा गन्तब्य
  • 15.9K
    SHARES

    बाँके ः नेपाल कम्युनिष्ट पार्टी एमाले नेपालगन्ज उपमहानगरपालिका वडा नं २० मा सम्पर्क कार्यालय उद्घाटन गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं २० स्थित मंगलवार नेकपा एमालेको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो । सम्पर्क कार्यालय उद्घाटन एक कार्यक्रमका बिच नेकपा एमाले केन्द्रीय सदस्य तथा नेपालगन्ज मेयर पद्काउम्मदर पशुपति दयाल मिश्रा र नेपालगन्ज उपमहानगरपालिका उपमेयर पद्का उम्मेद्वार शान्ती ढकालले नेपालगन्ज २० को सम्पर्क कार्यालय उद्घाटन गर्नुभएको हो । सम्पर्क कार्यालय उद्घाटन समारोहमा बोल्दै मेयर पद्का उम्मेद्वार मिश्राले नेपालगन्जमा जनप्रतिनिधी आइसके पनी काठमाण्डौ , पोखरा , बिराटनगर , बटवल , चितावनको तुलनामा नेपालगन्ज बिकसित हुन सकेको छैन । नेपालगन्जका बिकास निर्माणकोे लागी नेपालगन्जको हरेक नागरिक , वडावासी जागरुक हुन आवश्यक छ मेयर पद्का उम्मेद्वार मिश्राले भन्नुभयो ।

    नेपालगन्ज उपमहानगरपालिकामा नेकपा एमालेले जिते हरेक नागरिकको चाहाना अनुसार सुखद भबिष्य निर्माण हुने उहाँको भनाइ रहेको छ । नेपालगन्जका अस्पताललाइ पिजिआइ अस्पतालमा परिणत गर्र्ने योजना नेकपा एमालेको रहेको उहाँले बताउनुभयो । नेपालगन्जका बिद्यालयहरुलाइ स्मार्र्ट क्लास बनाउने परिकल्पना गरिरहेको मेयर पद्का उम्मेद्वार मिश्राले जानकारी गराउनुभएको छ । नेपालगन्ज उपमहानगरपालिका उपमेयर पद्का उम्मेद्वार शान्ती ढकालको अनुसार नेपालगन्जमा अझ धेरै बिकास निमाणका काम गर्न बाँकी छ । नेपालगन्जकोे बिकासको लागि २३ सै वटा वडाका वडावासीले मेयर उपमेयर सहित सात का सात छाप सुर्यमा लगाएर नेकपा एमालेको स्थानीय तहको सरकार बनाउन सकेउ भने मात्र बिकास निर्माणको कार्य अगाडी बढाउन सक्ने उहाँले बताउनुभयो ।

    जनताले एमालेलाइ गरेको बिश्वास र मायाले अवको चुनाब भारी मतले जित्नुमा बिश्वस्त रहेको उहाँको भनाइ छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं २० का वडाअध्यक्ष पद्का उम्मेद्वार कृष्ण कार्कीले कुनै टोलले चुनाबमा भोट दिएन भनेर वडावासीलाइ पक्षपात नगरी निरन्तर वडाको बिकासमा जुट्ने छु । मेरो नेतृत्व आयो भने कसैलाइ काखा कसैलाइ पाखा नगरी वडा नं २० को बिकासलाइ तिब्रता दिनेमा म बिश्वस्त रहेको वडा नं २० का वडाअध्यक्ष पद्का उम्मेद्वार कार्कीले भन्नुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology