(Friday 30th of October 2026)
`

नेपालगन्ज ४ मा बिभिन्न पार्टी परित्याग गरि ५० जना युवाले एमाले रोजे

  • सगरमाथा गन्तब्य
  • 8.3K
    SHARES

    नेपालगन्ज ः स्थानिय चुनाव नजिकिएसंगै नेकपा एमालेले वडा र टोल स्तरमा निर्वाचन लक्षित गतिविधिहरुलाई तिव्रता दिन थालेको छ । एमालेले बैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागी चुनाबी अभियानलाइ तिब्रता दिन थालेको हो । नेपालगञ्ज उप–महानरपालिका वडा नं ४ मा नेकपा एमालेले वडास्तरीय युवा भेला गरेको छ । स्थानीय तहको निर्वाचनलाइ लक्षित गर्दै एमाले वडा कमिटीले युवा भेलो आयोजना गरेको हो । उक्त भेलाले कमल शर्मा अध्यक्ष , दिपक शाही सचिव रहने गरि वडा स्तरको २९ सदस्यीय युवा संघ गठन समेत गरेको छ । विभिन्न पार्टीका युवाहरु पार्टी परित्याग गरि एमालमा प्रवेश गरेका छन् । बिभिन्न पार्टी पत्यिाग गरि ५० जना युवा एमाले रोजेको नगर कमिटीका सदस्य तथा वडा न.४ को इन्चार्ज भिम रानाभाटले जानकाररी गराउनुभयो । दैनिक जनताले एमालेमा प्रति गरेको बिसुवासले अवको चुनाब भारीमतले जित्नुमा शंका नरहेको उहाले भन्नुभयो । नेकपा एमालेका केन्द्रिय सदस्य हारुन हलवाइ, पशुपतिदयाल मिश्र र शान्ति ढकाल पार्टिका जिल्ला उपध्यक्ष डिल्ली बिसि, नगर अध्यक्ष दत्तप्रसाद आचार्य ,वडा इन्चार्ज द्वय कृष्ण पाठक, भिम रानाभाट, वडा अध्यक्ष चेतबहादुर गुरुङ, वडा अध्यक्षका उम्मेदवार टेकबहादुर केसी लगायतको उपस्थिति उक्त कार्यक्रम गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology