(Friday 30th of October 2026)
`

नेपालगन्ज १५ मा एमालेको सम्पर्क कार्यालय उद्घाटन तथा जेष्ठ नागरिकलाइ सम्मान

  • सगरमाथा गन्तब्य
  • 7.7K
    SHARES

    नेपालगन्ज ः नेपाल कम्युनिष्ट पार्टी एमाले नेपालगन्ज उपमहानगरपालिका वडा नं १५ मा सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १५ स्थित शुक्रवार नेकपा एमालेको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो । सम्पर्क कार्यालय उद्घाटन एक कार्यक्रमका बिच नेकपा एमाले केन्द्रीय सदस्य तथा नेपालगन्ज मेयरका उम्मेद्वार पशुपति दयाल मिश्रले रिबन काटेर नेपालगन्ज १५ को सम्पर्क कार्यालय उद्घाटन गर्नुभएको हो । नेकपा एमाले वडा कमिटीका अध्यक्ष रमेश बर्माको अध्उक्षतामा वडा नं. १५ को सम्पर्क कार्यालय उद्घाटन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम गरेको छ । आजभन्दा ७३ वर्ष अगाडि २००६ साल वैशाख ९ गते कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । सम्पर्क कार्यालय उद्घाटन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम रहेकाले कम्युनिस्ट स्थापना दिवसको अवसरमा शुक्रवार नेकपा एमालेले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । कम्युनिस्ट आन्दोलनमा लागेका जेष्ठ नागरिकलाई नेकपा एमालेले सम्मान गरिएको हो । नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य निरक गुरुङले एकपटक एमालेका उम्मेदवार जिताउन आग्रह गर्नुभयो । उहाँले नेकपाका एमालेका उम्मेद्वार चुनाबी मैदानमा बिजय भए जनताको चाहाना अनुसार सबै खाले विकासमा जोड् दिने आश्वासन समेत दिनुभयो । नेकपा एमालेको मजबुत देखेर अरु दलका पार्टी गठबन्धन तर्फ लागेका छन् नेकपा एमाले केन्द्रीय सदस्य तथा नेकपा एमाले नेपालगन्ज मेयर पदका उम्मेद्वार पशुपति दयाल मिश्र बताउनुभयो ।

    उहाँले गाउ, वडा ,नगर ,जिल्ला स्थानीयवासीको चाहाना र आवश्यकताको आधार विकास गर्ने बताउनुभयो । एमालेले जनतालाइ मर्का पर्ने निती नबनाउन एमालेको मुख्य उदेश्य रहेको बताउनुभयो । जनताले एमालाइ गरेको बिसुवास र माथाले अवको चुनाब भारी मतले जित्नुमा बिस्वस्त रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो जनताले नेकापा एमाल प्रत्ति गरेको बिसुवासले र स्नेहले चुनाब एमालेले नै जित्ने कुरामा बिस्वस्त रहेको छु । नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज सूर्य ढकाले भन्नुभयो एमाले सबै नेपाली जनताको पार्टी हो एमाले जनताले बनाएको र रुचाएको एक मात्र पार्टी एमाले हो । नेपालगन्जको विकासको लागि नेपालगन्जकावासी जागरुक हुन आवश्यक रहेको उहाँले बताउनुभयो । नेकपा एमालले जिते मात्र नेपालगन्ज वासीको बिकासहुने कुरामा बिस्वस्त रहेको उहाँको भनाइ छ । नेकपा एमाले र पशुपतिको टीमलाइ जिताउन जनताले महत्वपुर्ण भुमिका रहेकोले एमालेलाइ जिताउन इन्चार्ज ढकालले आग्रह समेत गर्नुभयो । अवको चुनाबमा एमालेले जिते ४ हजार जेष्ठ नागरिक सुरक्षा भत्ता ५ हजार पुर्याइने छ इन्चार्ज ढकालले बताउनुभयो । कम्युनिष्ट स्थापनाको अवसरमा नेकपा एमालेले बाँकेको ८१ वडाका जेष्ठ नागरिकलाई सम्मान गरेको प्रचार संयोजक सतिश निरौलाले जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology