(Friday 30th of October 2026)
`

नेपालमा भारतीय सुर्ती, गुट्खा छ्यापछ्याप्टी, कस्ले रोक्ने ?

  • सगरमाथा गन्तब्य
  • 21.2K
    SHARES

    नेपालगन्ज – नेपाल भारत सिमानाकासंगै जोडिएको नेपालगन्जमा भारतीय सुर्ति जन्य पदार्थ खुलेआम विक्री वितरण भैरहेको छ । नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय अबैध सामान नेपालमा खुलेआम बिक्री बितरण भइरहेको छ । नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय कम्पनीबाट उत्पादन हुने कमला पसन्द, सिस्तम, रजनीगन्ध, सुपरपावर तथा सुर्तीजन्य पदार्थ लगायतका अबैध सामानहरु नेपालगन्जका अधिकांश पसलमा खुलेआम बिक्री बितरण भइरहेका छन् । नेपाली प्रोडक्टलाई बढावा दिनु भन्दा बढि भारतीय गुणस्तरहिन बस्तु विक्रि वितरण हुँदा स्थानिय निकाय मौन रहेको व्यवसायी बताउँछन् । नेपाल सरकारले प्रतिबन्ध लगाईएको अबैध सामान गुट्खा सुर्तिजन्य पदार्थ खुलेआम विक्रि वितरण हुँदा पनि सरोकारवाला निकाय मौन देखिएको स्थानिय व्यवसायी बताउँछन् । नेपालमा प्रतिबन्ध लगाएको अबैध समानबारे कानुन नबनेको पनि होइन तर सरोकारवाला निकाय तल्लिन बनेको स्थानिय व्यवसायी बताउछन् ।
    अबैध भित्रिने सामाग्रीका लागि स्थानिय प्रशासन, भन्सार कार्यालय, प्रहरी, शसस्त्र प्रहरी छन् । यद्यपी अबैध सामाग्रीहरु अत्याधिक नेपाल भित्रिने र विक्र वितरण हुने गर्दा समेत रोक लगाउन नसक्नु सरकारको कमजोरी सावित देखिने स्थानिय व्यवसायीहरुले बताउँछन् । भारतबाट भित्रिने अबैध सामाग्रीहरुबारे भन्सारबाट आयातमा कडाई गरिनु पर्ने व्यवसायीको माग रहेको छ । प्रतिबन्धित सामाग्रीहरु भित्रिनुमा सरोकारवालाको चरम लापरबाही रहेको स्थानीय व्यसायीहरुको भनाइ रहेको छ । भारतीय कम्पनीबाट उत्पादन अबैध सामाग्री नेपालगन्ज भन्सार नाका हुदै भित्रिनु संकास्पद रहेको व्यवसायीहरु बताउँछन् ।
    नेपालगन्जमा भारतीय कम्पनीको पेयपदार्थ कोक, डिउ, फेन्टा, कमलापसन्द, सिस्तम, रजनीगन्ध, सुपरपावर सुर्ती लगायत मध्यपान, गुट्खा धमाधम विक्रि वितरण भैरहँदा पनि स्थानिय सरोकारवालाले चासो नलिइदिदा स्थानीय व्यवसायीहरु मर्कामा परेको बताउँछन् । नेपाली उत्पादनलाई बढावा दिनुपर्छ भन्ने मान्यताका साथ हामी व्यवसायी नेपाली उत्पादनलाई प्रथामिकता दिएका हुन्छौ तर सरोकारवाला निकायले भारतीय उत्पादनका प्रतिबन्धित सामाग्री विक्रिवितरण गर्दा पनि रोक्न नसक्ने हुँदा गम्भीर समस्या रहेको नेपालगन्जका एक व्यवसायीले भन्नुभयो । भारतीय कम्पनीका सामाग्री नेपालगन्जमा खुलेआम विक्रि वितरण हुँदा यहाँका व्यवसायी धरासायी अवस्थामा पुगेको नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जिबी ओलीले जानकारी गराउनुभयो ।


    नेपाल सरकारलाई स्थानिय व्यवसायीले कर तिर्ने तर अबैध सामान भित्रिने र विक्रिवितरणले स्थानिय व्यवसायी मर्कामा परेका छन् महासचिव ओलीले भन्नुभयो । सरोकारवाला निकायले अनुगमनको नाममा स्थानिय अनुगमन गरेजस्तो गर्ने तर पुर्ण रुपले बन्द गर्न नसक्ने भएको हुनाले सरकारको ठुलो सड्यन्त्र रहेको ओलीले बताउनुभयो ।
    गुणस्तर कम्पनीका सामाग्रीको नाममा अबैध सामान भित्राएर विक्रि वितरण गर्दा यहाँका व्यवसायी धरासायी अवस्थामा पुगेका छन् तसर्थ व्यवसायीले सरकारलाई कर तिर्ने तर व्यवसायीको सुरक्षाको जिम्मा राज्यले नलिने भएको हुनाले यसमा राज्यले सडयन्त्र समेत रहेको उहाँले बताउनुभयो । नेपाल भारत सिमानाका खुल्ला भएको कारण किराना, विद्युतिय, पेयपदार्थ, मोबाईल लगायतका विभिन्न सामान भारतबाट अबैध रुपमा भित्राएर विक्रि वितरणमा रोक लगाउनु पर्ने उहाँले माग गर्नुभयो । अबैध सामान र गुणस्तरहिन सामान विक्रि गर्दा नेपालका गुणस्तर सामान र उत्पादनमा आँच पुग्ने गरेको उहाँले बताउनुभयो । जसले गर्दा उपभोक्ता ठगिने गरेको उहाँले भन्नुभयो ।
    यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले नेपालमा भारतीय कम्पनीका प्रतिबन्धित सामाग्री विक्रि वितरणमा कडाई गरिएको जानकारी गराउनुभयो । नेपालगन्जमा प्रतिबन्धित सामाग्रीलाई अनुगमन गरि कारवाही तथा नष्ट गर्ने कार्य दिनहु भैरहेको प्रजिअ खत्रीले बताउनुभयो । प्रतिबन्धित तथा म्याद गुर्जेका सामान सयुक्त रुपमा अनुगमन गरिन्छ । अबैध तथा म्याद गुर्जेका सामान भेटिए लाइसेन्स खारेज, पसल सिल वा नगद सहित सामान नष्ट गर्ने गरेको उहाँले बताउनुभयो । बारम्बार सम्बन्धित निकायले अनुगमन गरि कारवाही प्रक्रिया थालेको छ उहाँले भन्नुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology