(Friday 30th of October 2026)
`

नेपालगन्ज वडा नं. ५ मा युवा नेता सराफत शेषको चर्चा

  • सगरमाथा गन्तब्य
  • 9.4K
    SHARES

    नेपालगन्ज – स्थानीय तहको निवार्चनका लागि जनप्रतिनिधिहरुको होडवाजी चलेको छ । हरेक स्थानिय तहमा वडा अध्यक्षदेखि मेयर, उपमेयर, सदस्यसम्मको पदका लागि होडवाजी चलेको हो । बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि राजनीतिक दलका नेताहरुमा चुनावी सरगर्मी समेत सुरु भएको छ । जनता समाजबादी पार्टी नेपाल बाँकेबाट नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्षमा युवा नेता सराफत हुसेन शेषले उम्मेदवारी दिनुभएको छ । पहिलो स्थानिय तहको निर्वाचनमा ३९ मतले पराजित भएतापनि जनताको निरन्तर जनताको सेवामा फिल्डमा खटिएको शेषले बताउनुभयो । उहाँले १३ बर्ष अघिबाट खिममत ग्रुपद्धारा जनताको सेवामा अग्रसर रहेको उहाँले जानकारी दिनुभयो ।
    जनताको हरेक पिरमर्का बुझेर उनिहरुलाई सहयोग गरेको छु तसर्थ वडावासीले अवको अध्यक्षमा आउन आग्रह गरे बमोजिम अध्यक्षको उम्मेद्वारी दावी गरेको उहाँले बताउनुभयो । लामो समय समाजसेवामा कार्यरत रहेका युवा नेता शेष जनताको साथ सहयोग र माया पाएको हुनाले वडा अध्यक्षको जिम्मेवारी लिएर वडावासीको सेवा गर्न आफु तम्तयार रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ म निवाचित भएर वडामा आएपछि वडावासीहरुमा खानेपानीको समस्यालाई समाधान गर्ने छु । वडाका बिभिन्न स्थानहरुमा डुवानको समस्या छ यसलाइ निराकरण गर्नेछु ।
    वडा प्रहरी कार्यालयको चोकलाई नमुना चोक बनाउने लक्ष्य रहेको वडा अध्यक्षका उम्मेद्वार शेषले बताउनुभयो । वडाको सरसर्फाइमा व्यवस्थापन गर्छु । वडामा शिक्षाको कमि छ वडामै सरकारी बिद्यालय बनाउन पहल गर्नेछु उहाँले भन्नुभयो । वडामै स्वास्थ्य चौकी व्यवस्थाको लागी पहल समेत गर्ने, बाटो घाटोलाइ व्यवस्थित गर्ने उहाँले प्रतिवद्धता गर्नुभयो । नजिकिदै गरेको निवार्चनमा युवा समावेशिकरण हुन आवश्यक छ युवा नेता शेषले बताउनुभयो । अवको विकास युवाले मात्रै गर्न सक्ने भन्दै उहाँले वडालाइ बिकासमैत्री बनाएर लैजाने उद्देश्य रहेको बताउनुभयो । शेषको नेतृत्वमा वडा सदस्यद्वय मोहमुद अहमद हल्वाई र आखिब शेषको पनि उम्मेद्वारी रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology