(Wednesday 28th of October 2026)
`

बसुदेवपुरमा सामाजिक आधार समुहद्धारा राहत वितरण

  • सगरमाथा गन्तब्य
  • 11.6K
    SHARES

    नेपालगन्ज ०१ बैशाख
    लकडाउनको कारण दैनिक जिवनयापन गर्न गाह्रो भएका परिवारलाई सामाजिक कार्यमा अग्रसरता देखाउँदै आएको सामाजिक आधार समुह नेपालगन्जले आज राहत वितरण गरेको छ । सामाजिक आधार समुह (ग्रुप अफ सोसल फाण्डेशन) ले नेपालगन्ज उपमहानगरपालिका बसुदेवपुरमा राहत वितरण गरेको हो । समुहले नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न स्थानमा अति गरिव, विपन्न परिवारलाई राहत वितरण गर्दै आएको छ । कोरोना भाइरसको कहर चलिरहँदा नेपाल सरकारले लगाएको लकडाउनमा अति विपन्न गरिव दुखि, अपाङग नागरिकलाई राहत वितरण गरेको हो । दैनिक ज्याला मजदुरी गर्ने अति विपन्न नागरिकलाई सामाजिक आधार समुहले सोमवार १० घरपरिवारलाई राहत वितरण गरेको छ ।
    राहतमा १० किलो चामल, १ किलो नुन, १ किलो दाल, १ पोका तेल वितरण गरेको सामाजिक आधार समुहका अध्यक्ष जावेद हल्वाईले जानकारी दिनुभयो । राहत वितरणमा संस्थाका सचिव मेनका रावत, सहसचिव सहावुद्दिन हल्वाईले राहत वितरण गर्नु भएको थियो । नगरका विभिन्न स्थानमा राहत वितरण गर्दै आएको संस्थाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology