(Friday 30th of October 2026)
`

खेलकुद र खेलाडीमा प्रमुख सेनानी जनमत कार्कीको आत्मियता सम्बन्ध र सहयोग

  • सगरमाथा गन्तब्य
  • 15.8K
    SHARES

    नेपालगन्ज : नेपाली सेना भैरब प्रसाद दलका गणपति प्रमुख सेनानी जनमत कार्कीको बिदाइ गरिएको छ । भैरब प्रसाद दल गण इमामनगर राझा ब्यारेकमा सफल कार्यकाल पछि उहाँको सरुवा भैरब प्रसाद दल गण मै दिपायलमा सरुवा भएको हो । विभिन्न संघ सस्थाले उहाँलाइ बिदाइ गरेका छन । गणपती कार्की संगै गणका सेनानी सन्तोष चन्द लफ्टिनेन्ट श्रद्धा राईलाई पनि भव्य स्वागतका साथ बिदाइ गरिएको छ । नेपाली सेनामा आर्मीको राष्ट्रिय फुटबल टोलीका क्यापटेन समेतको जिम्मेवारी निभाइसक्नु भएका प्रमुख सेनानी कार्कीले नेपालगन्जमा रहँदा विभिन्न संघ संस्था र नागरिकको प्रत्यक्ष सम्पर्कमा रहेर आफ्नो गणको तर्फबाट र ब्यक्तिगत थुप्रै उदाहरणिय काम गर्न सफल व्यक्तित्व सावित गर्नुभएको छ । नेपालगन्जको रंगशालाको घासे मैदानलाई सरसफाइ, खुला एकल ब्याटेमेन्टन प्रतियोगिता,.आठौं राष्ट्रिय महिला.भलिबल प्रतियोगिता, नेपालगन्ज म्याराथन प्रतियोगिता, भलिबल नेपालगन्ज बाइ साइकिलिङलाई लेन बनाउनमा सहयोग, बर्दियाको राजापुर क्षेत्रमा भएको डुबानमा उहाँको कमान्डमा ठुलो सहयोग गरेको थियो ।
    आफ्नो गणको तर्फबाट मात्र नभएर उहाँले नेपालगन्जमा हुने प्राय सबै खेल तथा खेलाडीलाई उहाँले ब्यक्तिगत सहयोग गर्नु भएको थियो । नेपालगन्ज बाइ साइकिलिङ क्रीयटिभ ह्यान्स, साइना क्याफेले उहाँलाइ सम्मानका साथै बिदाइ गरेको हो । बिदाइ तथा सम्मान कार्यक्रममा नेपालगन्ज बाइ साइकिलिग का अध्यक्ष गगन थापाले उहाँ सारै मिलनसार खेलाडीप्रती सहयोग र सकारात्मक सोच साथै नागरिक संग प्रत्यक्ष जोडिएर काम गरेको र बाइ सालिकिलिङलाई कम्दिमा साईकिलिङ लेर बनाइदिनु भएकोमा हाम्रो सस्थाले उहाँलाइ सदैब सम्झिरहने छ । साथै यहाँ रहँदा उहाँले हामीलाई जुन किसिमको सदभाब र सहयोग गर्नु भयो जादा पनि उहाँले सम्पुर्ण साइकोलिङको टिममा आफै थाउ खप्टडमा निम्ता गर्नु भएको छ ।


    हामी अवश्य जानेछौ उहाँको जिबनको उत्तोरोत्तर प्रगतीको कामना उहाँले गर्नुभएको छ । । कार्यक्रममा प्रमुख सेनानी कार्कीले बाँकेबाट प्रतिनिधित्व गर्दै चितवनको भरतपुरमा प्रज्ञा स्मृति म्याराथनमा सहभागी एक पदक सहित फर्किएका ४ जना साइकिलिङका उत्कृष्ट खेलाडीलाई खादा र नगद रकम सहित सम्मान गर्नु भयो साथै उहाँले आफु यहाँ नभए पनि मबाट हुने हरेक क्रीयाकलापमा म मेरो संस्थाको तर्फबाट होस या ब्यक्तिगततर्फबाट म जहिले सहयोग गर्ने तयार छु भन्नूभयो । बिदाइमा क्रेटिभ ह्यान्सका सस्थापक अध्यक्ष टि एस ठकुरिले जनप्रीय जनमत कार्कीले यहाँ रहँदा खेलकुद र खेलाडी जुन किसिमको आत्मियता सम्बन्ध सहयोग गर्नुभयो यो निकै सन्झिनलायक काम हो ।
    उहाँ साच्चै नै एउटा सबल दृष्टान्त आर्मी अफिसर हो उहाँ नेपाली सेनालाइ कसरी नागरिक सामु बिस्तार गर्न सकिन्छ भन्ने उदाहरण हो । सक्रीय खेलाडी जीवनमा फरवाडको भुमिकामा रहनु भएका प्रमुख सेनानी जनमत सैन्य करियरमा पनि निकै फरवाड हुनुहुन्छ बागेश्वरी माताले उहाँलाइ सधै रक्षा गरून् र फेरि जर्नेल भएर यहि आएको हेर्न पाउ ठकुरीले भन्नुभयो । बिदाइ कार्यक्रममा बोल्दै सभासद नमुना केसीले आर्मी कमान्डर भएर उहाँले नागरिकसंग जोडीएर जुन काम गर्नुभयो यो आम नेपालगन्ज बासीले बिर्सिने छैन । आगामी दिनमा अझै प्रगतीको कामना दिनुभयो ।
    बिदाइ कार्यक्रममा ठकुरी पत्रकार समाज नेपालका अध्यक्ष माहारानी शाह (करुणा) ले खेल र खेलाडीलाई अत्यन्तै सम्मान गर्ने प्रमुख सेनानी कार्कीले यहाँ रहँदा जुन किसिमको कार्य गर्नुभयो यो नेपालगन्ज बासी र सबै खेलाडीले कहिले भुल्ने छैन । आफुले धेरै आर्मी अफिसरलाई चिनेको र संगत गरेको छु तर अहिलेसम्म बेस्ट मैले उहाँलाइ पाए । गणपति हुँदा पनि उहाँको स्वभाव निकै सरल ब्यबहारिक र उर्जावान छ । उहाँ दयालु र सहयोगीको प्रत्यक्ष उदाहरण हुनुहुन्छ ।


    साथै उहाँले नारी महिला दिदीबहिनीलाई निकै सम्मान गर्ने त्यो उहाँको अर्को बिशेषता हो आगामी दिनमा अझै उत्कृष्ट काम गर्नु हुने छ भन्ने मैले बिश्वस्त लिएको छु सैन्य र ब्यक्तिगत जीवनमा सधै रमाउनुहोला सैन्य जिबनमा चिफ साब भएको हेर्न सुन्न पाउ भगवान सधै दाइने हुन उत्तरउत्तर प्रगती को कामना करुणाले दिनुभएको छ । उहाँ निकै रमाइलो ब्यक्ति हो बिदाइ कार्यक्रममा आफू निकै भावुक भए म तर जागिरको शिलशिलामा यता उता हुने सामान्य प्रक्रिया हो । फेरि पनि नेपालगन्जबासीको मायाले पक्कै यहि ल्याउने हजुरको उज्ज्वल करियरको शुभकामना दिनुभएको छ । कार्यक्रममा पेट्रोललियम एसोसिएसन संघ प्रदेशका सचिब किसन गुरुङले उहाँ संगठनको लागि र जति राम्रो कमान्डर हुनुहुन्छ ब्यक्तिगत पनि निकै राम्रो मान्छे हो ।
    नेपालगन्जबासीले उहाँले गरेको काम बिर्सिनेछैनन् । यस्तै साइना क्याफेका सन्चालक रोजी र बिनि हेल्थ ब्लबका प्रमुख प्रशिक्षक अमृत रानाले पनि उहाँ नागरिकसंग आफै सहज तरिका घुलमिल गर्ने खेलाडीलाई सम्मान सहयोग गर्ने मान्छे हो । बिदाइ कार्यक्रम मा भावुक हुँदै प्रमुख सेनानी कार्कीले सबैको साथ सहयोग पाएर मैले आफुले गर्ने पुरै काम गरेको हो । यहाँहरुलाई म सदैब सम्झिरहने छु । मलाइ निकै खुशी लागिरहेको छ मलाइ यति धेरै माया र सद्भाव सम्झना दिनुभयो यो नै मेरो लागि अमुल्य उपहार हो उहाँले भन्नुभयो । म उता भए पनि यतै छु भन्ने सम्झिनु होला अझ पनि मेरो साथ सहयोग सदैब रहने छ । बिदाइ कार्यक्रममा राष्ट्रिय अनुसन्धानका एसपि नरेन्द्र गिरी, क्रियटिभ ह्यान्सका सौगात शाह, कपिल थापा सशस्त्र प्रहरी निरीक्षक धर्मेन्द्र बम, डा.प्रकाश नाग लगायतको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology