(Friday 30th of October 2026)
`

भारत जानेभन्दा फर्किने नेपालीको संख्या चार गुणा

  • सगरमाथा गन्तब्य
  • 17.7K
    SHARES

    नेपालगन्ज : नेपाल भारत सिमानाका जमुनाहा हुदै नेपाली नागरिक भित्रिनेको संख्या बढिरहेको छ । स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा देश बाहिर रहेका नेपाली नागरिक नेपाल भित्रिन थालेका हुन् । भारतीय बजारमा कमाउन गएका नेपाली नागरिक अहिले जमुनाहा भन्सार हुदै हजारौंको संख्यामा नेपाल भित्रिने गरेको जमुनाहा प्रहरीले जनाएको छ । भारत जानेभन्दा फर्किने नेपालीको संख्या चार गुणाले बढेको छ धेरै स्थानीय तह निर्वाचनको समय नजिकिन थालेपछि कामका लागि भारत जानेभन्दा फर्किने नेपालीको संख्या धेरै देखिएको छ ।
    नेपालगन्ज नाकाबाट दैनिक सरदर एक हजार दुई सय नेपाली स्वदेश फर्किने गरेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज बरिष्ठ प्रहरी नायव निरीक्षक मिनबहादुर बिष्टले बताउनुभयो । उहाँले नयाँ बर्ष मनाउन र स्थानीय तहको निर्वाचनमा सहभागी हुन नेपालीहरु स्वदेश फर्किन थालेको बताउनुभयो ।
    ‘भारतबाट फर्किने अधिकांश नेपालीले स्थानीय तह निर्वाचनमा सहभागी हुन स्वदेश फर्किएको बताउँछन्,’ उहाँले भन्नुभयो । उहाँले भारत जाने नेपालीको संख्या एकदमै थोरै रहेको बताउनुभयो । दैनिक सरदर दुई सय नेपाली कामका लागि भारत जाने गरेको उहाँको भनाई छ । ‘भारत जानेभन्दा फर्किने नेपालीको संख्या चार गुणा बढि छ,’ विष्टले भन्नुभयो । भारतबाट फर्किने नेपाली भन्छन् – ‘आफ्ना मान्छेलाई नभई राम्रा मान्छेलाई भोट’ स्थानीय तहको निर्वाचनमा सहभागी हुन भगवतीमाई गाउँपालिका ३ मेहलतोली, दैलेखका ३५ बर्षिय दशरथ चन्द पत्नी र एक छोरासँगै नेपाल फर्किएका छन् ।


    कामका लागि डेढ बर्षअघि भारतको कुल्लु मनाली गएका उनी स्थानीय तह निर्वाचनको समय नजिकिएपछि घर फर्किएको बताए । स्थानीय तहको निर्वाचनमा सहयोग गर्न गाउँका नेताहरुले फोन गरेर बोलाएको उनले बताए । ‘निर्वाचन प्रचार प्रसारमा सहयोग गर्नुपर्छ भनेर गाउँका नेताको फोन गयो । पाँच बर्षपछि आएको मौका गुमाउनु हुँदैन भन्ने लागेर छिटो–छिटो नेपाल फर्किने योजना बनाए,’ उनले भने ।
    उनले यसपालीको स्थानीय तह निर्वाचनमा आफ्नो मान्छे भन्दा राम्रो मान्छेलाई भोट दिने स्पष्ट पारे । आफ्नो मान्छेलाई भोट दिएकै कारण गाउँको विकास हुन सकेन । भ्रष्टाचार मौलायो,’ उनले भने, ‘यसपाली त आफ्नो मान्छेलाई नभई विकास प्रेमी नेतालाई भोट दिन्छु । मेरो एक भोटले भ्रष्टाचारीलाई सहयोग नपुगोस् ।’
    आठविसकोट नगरपालिका ९ बटाला, रुकुमका ३३ बर्षिय विकास केसी पनि नेपालगन्ज नाका हुँदै घर फर्किएका छन् । कामका लागि भारतको हिमाञ्चल प्रदेशको रामपुर पुगेका उनी पनि स्थानीय तह निर्वाचनमा मतदान गर्न नेपाल फर्किएको बताए । उनले पनि यसपटक मान्छे हेरेर नभई नेताको बानी ब्यहोरा हेरेर भोट दिने भएका छन् । ‘आफ्नो मान्छेलाई भोट हालेकै कारण स्थानीय तहमा विकृती बढ्यो, भ्रष्टाचार मौलायो । यसपाली त तीन पुस्ते हेरेर भोट दिने हो,’ नेपालगन्ज नाकामा भेटिएका केसीले भने ।


    नेपालगन्ज नाका भेटिएका आठविसकोट नगरपालिका ९, रुकुमका परनित खत्रीले पनि भोटको सदुपयोग गर्न नेपाल फर्किएको बताए । उनले आफ्नो भोट सहि ठाउँमा प्रयोग गर्ने बताए । ‘अघिल्ला निर्वाचनमा अरुको भनाईमा लागेर भोट हालेँ । यसपाली विवेक पु¥याएर विकास प्रेमी नेतालाई चिनेर मात्र भोट हाल्छु,’ उनले भने, ‘पार्टीको नाममा होइन, सचेत नागरिकको हैसियतले योग्य र सक्षम ब्यक्तिलाई भोट दिन्छु ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology