(Friday 30th of October 2026)
`

भृकुटी बहुउद्देश्यीय सहकारीमा पुनः गजेन्द्रमान पति

  • सगरमाथा गन्तब्य
  • 20.4K
    SHARES

    नेपालगंज – भृकुटी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नेपालगन्जको अध्यक्षमा पुनः गजेन्द्रमान पति चयन हुनुभएको छ । शनिबार सम्पन्न सहकारीको १४ औं वार्षिक साधारणसभाबाट पतिलाई सर्वसम्मत पुनः अध्यक्ष पदमा चयन गरिएको हो । पति भृकुटी सहकारीमा लगातार तीन कार्यकाल अध्यक्ष पदमा रहि काम गर्नु भएको छ । अध्यक्ष पतिको लोकप्रियताका कारण तीन कार्यकाल संस्थालाई उचाईमा राख्न सफल हुनु भएको छ । साधारण सभाले नयाँ कार्यसमितिको उपाध्यक्षमा नन्द कुमार जोशी, सचिवमा सरला विष्ट र कोषध्यक्षमा गंगा क्षेत्री श्रेष्ठलाई सर्वसम्मत चयन गरिएको हो ।
    त्यस्तै सदस्यहरुमा निरक शर्मा, राम प्रसाद मिश्रा, आशाराम डाँगी, माया शर्मा र मंगल चन्द शाक्यसहित ९ जनाको नयाँ कार्य समितिको चयन गरिएको सहकारीका कानूनी सल्लाहकार तथा नयाँ समिति चयन समितिका निर्वाचनका निर्वाचन अधिकृत अधिवक्ता लोक बहादुर शाहले जानकारी दिनुभयो ।
    अधिवक्ता शाहका अनुसार साधारणसभाले तीन सदस्य लेखा सुपरिवेक्षण समिति समेत चयन गरिएको छ । लेखा समिति संयोजकमा बाबुराम आँकुरालाई सर्वसम्मत चयन गरिएको छ । त्यस्तै लेखा समिति सदस्यहरुमा अनिता डिसी र श्रीनिवास अधिकारीलाई चयन गरिएको छ ।
    साधारण सभामा बोल्दै अध्यक्ष पतिले प्रस्तुत गरेको संस्थाको वार्षिक प्रगति प्रतिवेदन अनुसार आ.व. २०७७÷०७८ मा ६ लाख ८५ हजार ५ रुपैया २८ पैसा खुद मुनाफा गरेको छ । यस अघिको आ.व.मा भने सहकारीले ३९ लाख ६५ हजार ७ सय १० रुपैया शुद्ध मुनाफा गरेको थियो । विश्व सहित नेपालमा पनि कालझै फैलिएको कोभिड १९ का कारण पर्न गएको असरका कारण सहकारी सोचेजस्तो मुनाफा लिन नसकेको सहकारीका कार्यकारी निर्देशक हरिओम रघुवंशीले बताउनुभयो ।
    त्यस्तै सहकारीले गत आ.व.को असाढ सम्ममा ९ करोड ६८ लाख ६४ हजार ४७ रुपैया ५० पैसा कर्जा लगानी गरेको छ । भने ५ लाख ६३ लाख ९१ हजार १ सय ८४ कर्जा असुली गरिएको छ । डा. जनार्दन आचार्यको प्रमुुख आथित्यतामा सम्पन्न साधारण सभामा जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष भुपेन्द्र अधिकारी, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० का वडा अध्यक्ष विष्णुभुषण वस्नेत लगायतको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology