(Friday 30th of October 2026)
`

बाँकेमा १६८६ म्यादी प्रहरीका लागि ५८०२ जनाको आवेदन

  • सगरमाथा गन्तब्य
  • 10.8K
    SHARES

    नेपालगन्ज : म्यादी प्रहरीका लागि बाँकेमा ५ हजार भन्दा बढिले आवेदन दिएका छन् । आउँदै गरेको स्थानिय तहको निर्वाचन २०७९ का लागि चैत ६ गते देखी ११ गतेसम्म म्यादी प्रहरीमा दरखास्त आव्हान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी गराएको छ । बाँकेको लागि १ हजार ६ सय ८६ जना म्यादी प्रहरी माग गरिएकोमा ५ हजार ८ सय २ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभएको छ ।
    म्यादी प्रहरीका लागि सामान्य लेखपढ गरेका देखि व्याचलर पढने सम्मकाले समेत आवेदन दिएको डिएसपी न्यौपानेले बताउनुभयो । डिएसपी न्यौपानेका अनुसार चैत १५ गते देखी म्यादीको छनौट प्रक्रिया शुरु हुने छ भने चैत १३ गते सम्पर्कमा आउने मिति तोकिएको जानकारी गराउनुभयो । भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउने जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
    जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार म्यादी प्रहरीहरुलाइ मासिक रु ३० हजार २ सय ४० पारिश्रमिक समेत निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत ७ हजार २ सय, पोसाक र अन्य खर्च गर्ने गरी ६ हजार रुपैयाँ, यातायात खर्चबापत १ हजार र बीमा सुविधा समेत उपलब्ध गराइने व्यवस्था गरिएको प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology