(Thursday 29th of October 2026)
`

प्रशासनिक भवनको उद्घाटन सगै ९ औ राष्ट्रिय प्रतियोगिताको तयारीमा जुट्न मन्त्री महेश्वर गहतराज (अथक) निर्देशन

  • सगरमाथा गन्तब्य
  • 13.1K
    SHARES

    नेपालगन्ज ः राष्ट्रिय खेलकुद परिषद (राखेप) को नयाँ प्रशासनिक भवनको उद्घाटन गरीएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को ५८ औं वार्षिक उत्सवको अवसरमा नयाँ प्रशासनिक भवनको उद्घाटन गरीएको हो । (राखेप) को ५८ औं वार्षिक उत्सवको अवसर पारेर युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले प्रशासनिक भवनको उद्घाटन गर्नुभएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा रहेको राखेप भवनको उद्घाटन गर्दै मन्त्री अथकले नवौं राष्ट्रिय प्रतियोगिताको तयारीमा जुट्न निर्देशन दिनुनिभएको छ। उहाँले मन्त्रालयले कार्यविधि बनाएर प्रतियोगिता संचालनको प्रक्रिया सुरु गरेको बताउँदै २०७९ जेठको १५ गते भित्रै प्रतियोगिता सम्पन्न गर्ने गरी युद्धस्तरमा तयारी थाल्न आग्रह समेत गर्नुभएको छ । जेठ १५ गतेसम्म राष्ट्रिय प्रतियोगिता सम्पन्न भए त्यसलगत्तै एसियन गेमको तयारीकालागि खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखी युद्धस्तरको तयारीमा लाग्ने योजनामा समेत रहेको मन्त्री अथकले जानकारी गराउनुभएको छ ।

    उहाँले अदालतका कारण थुप्रै कठिनाईहरुको सामना गर्नुपरीरहेको बताउनुभयो । मन्त्री अथकले थुप्रै कठिनाईहरुको सामना गर्नुपरीरहे पनि ईगिंत गर्दैै त्यसलाई चिरेर मन्त्रालय अघि बढ्न प्रतिवद्ध रहेको प्रष्ट पार्नुभयो । कर्मचारीहरुबाटै राखेपको नेतृत्व गर्ने अवस्था सृजना हुनु आफैमा सकारात्मक पक्ष रहेकाले उक्त अवसरलाई प्रयाप्त मात्रामा सदुपयोग गर्न मन्त्री अथकले सुझाव दिनुभयो । उहाँले आगामी दिनमा कर्मचारीहरु भित्रबाटै राखेपले नेतृत्व पाउने गरी ऐन संसोधनकालागि पहल भईरहेको जानकारी गराउनुभएको छ । “तपाईहरुभित्रबाटै नेतृत्व छनोट हुने गरी छलफल चलाएका छौं”, कर्मचारीहरुको हौसला बढाउँदै मन्त्री अथकले भन्नुभयो । राज्यले खेललाई अनुत्पादक क्षेत्रका रुपमा हेर्ने गरेको मन्त्री अथकको गुनासो रहेको बताउनुभएको छ। उहाँले खेल क्षेत्रलाई उद्योगका रुपमा विकास गर्नुपर्नेमा समेत जोड दिनुभएको छ । जनसम्बन्धको भरपर्दो माध्यमका रुपमा समेत रहेको खेल क्षेत्रको विकासमा राज्यले उचित ध्यान दिनुपर्ने बताउँदै उहाँले आगामी आर्थिक वर्षमा खेल क्षेत्रको बजेट बढाउन प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग निरन्तर संवाद भईरहेको बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology