(Friday 30th of October 2026)
`

गाभरमा ‘मौलिक भोजन मेला’ संचालन हुने

  • सगरमाथा गन्तब्य
  • 20.5K
    SHARES

    नेपालगन्ज : स्थानीय रैथाने खानाको प्रचार प्रसार गर्न गाभर भ्याली होमस्टेमा ‘मौलिक भोजन मेला’ हुने भएको छ । आधुनिकतासँगै स्थानीय स्तरमा रहेका हराउँदै गएका मौलिक खानाको प्रचार प्रसार गरि यसको प्रवद्र्धन गर्न मौलिक भोजन मेला गर्न लागिएको गाभर भ्याली होमस्टे संचालक समितिका अध्यक्ष कृष्णलाल चौधरीले बताउनुभयो ।
    उहाँले ११–१२ चैतमा मौलिक भोजन मेला आयोजना गरिएको बताउनुभयो । मौलिक खानाको बारेमा जानकारी दिई यसको बजारीकरण गर्न मेला आयोजना गरिएको उहाँको भनाई छ । मौलिक खाना हराउँदै गएको छ, तर यसको स्वादको मजा लिन चाहने स्वदेशी र विदेशीको संख्या बढ्दो छ,’ उहाँले भन्नुभयो, ‘मौलिक खानाले दिने फाइदा बारे अनबिज्ञ हुँदा युवा पुस्ता आधुनिक खानातर्फ आकर्षित भएका छन् ।’
    लुम्बिनी प्रदेशको पर्यटन मन्त्रालयको सहयोगमा हुन लागेको मेलामा थारु, मुगेली लगायत स्थानीय स्तरमा पाइने खाना राखिने भएको छ । उहाँले बाँकेमा पाइने अन्य मुख्य खाना राख्ने तयारी गरिएको जानकारी दिनुभयो । गाभर भ्याली होमस्टेले विदेशी परिकारसँगै पाहुनाको माग अनुसार थारु र मुगेली परिकार खुवाउँदै आएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology