(Thursday 29th of October 2026)
`

खजुरा गाउँपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 3.4K
    SHARES

    नेपालगन्ज-खजुरा गाउँपालिकाका बाँकेको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
    खजुरा गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा आज सम्पन्न सुनुवाईबाट पाँच बुदें साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । जवाफदेहि बक्ता र सहभागिहरु बिचको अढाई घण्टा लामो प्रश्नोत्तर पश्चात उक्त साझाँ सार्वजनिक प्रतिबद्धता घोषणा गरिएको हो । यसरी घोषणा गरिएका प्रतिबद्धताहरुमा बिचौक देखि ज्ञानोद्धय स्कुल जाने बाटो निर्माणको पहलगर्ने, पालिका भित्र निर्माणाधिन योजनाहरुको प्रभावकारी अनुगमन गर्ने तथा सडक अतिक्रमण यथासक्य हटाउने, खजुरा २ गुरास सामुदायिक बनमा निर्माणाधिन पर्यटकिय स्थलको निर्माणकार्य समय सिमाभित्र सम्पन्न गरि उत्त स्थानलाई पर्यटकिय हवको रुपमा विकास गर्ने, पालिका मार्फत सञ्चालन हुने लक्षित बर्ग उत्थान कार्यक्रमलाई थप प्रभावकारी रुपमा अगाडी बढाउने, पालिका भित्रका जनप्रतिनिधि र कर्मचारीहरुका छोराछोरीलाई सामुदायिक बिद्यालयमा भर्ना गर्ने नीतिलाई नयाँ शैक्षिक सत्रबाट कडाइकासाथ लागु गर्ने र लागु औषध दूब्यसनिका कारण सामाजिक सद्भाव र सुरक्षा जोखिम बढेकाले प्रहरी, नागरिक र सरोकारवालाहरुले न्यूनीकरणका लागि संयुक्त अभियान सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ ।
    बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजिकरण गरेको सुनुवाइमा स्वागत कार्यक्रमको उद्धेश्य माथि प्रकाश तथा नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमतको नतिजा घोषणा बास नेपालका निर्देशक हेमराज भट्टले गरेका थिए । पालिकाको दोश्रो चौमासिकमा भएका क्रियाकलापहरुको प्रगति प्रतिबेदन पालिकाका प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर पौडेललले गरेका थिए ।
    खजुरा गाउँपालिकाको सभाहलमा सम्पन्न सुनुवाईमा उठेका प्रश्न, जिज्ञासाको जवाफ गाउँपालिका अध्यक्ष तथा प्रमुख जवाफदेहि बक्ता डम्बर बहादुर सुनार, प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर पौडेल, वडा अध्यक्षहरु, र शाखा प्रमुखहरुले दिएका थिए । खजुरा गाउँपालिकाले चौमासिक रुपमा सार्वजनिक सुनुवाई गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology