बाँके, लुम्बिनी प्रदेशका सांसदहरुले अधिकंश सांसदहरुले पोषाक पाएका छैनन् । चुनाव लगत्तै सभामुखको निर्देशनमा प्रदेशका ८३ जना सांसदहरुको तलबबाटै खरिद गरि उपलब्ध गराउनु पर्ने कोट नपाएका हुन् । २०७९ सालको निर्वाचन पछि लुम्बिनी प्रदेश सांसदहरुको पोषाक एउटै हुनु पर्ने भन्दै सभामुखको निर्देशनमा सदस्यहरुको कार्यव्यवस्था परामर्श समितिको निर्णय अनुसार कोट सिलाउने निर्णय गरेको थियो । कार्यकाल सक्किनै लाग्दा समेत प्रदेश सांसदहरुले अझैसम्म पोषाक नपाएपछि लुम्बिनी प्रदेश सांसद सञ्जु कुमारी चौधरीले गुनासो गर्नुभएको छ । त्यती मात्र होईन मैले सदनमा कोटको कुरा उठाउदा मलाई सामाजिक सञ्जलामा ट्रोल समेत बनाइएको छ । सरकारबाट पाउनु पर्ने सेवा सुविधाबाट मेरो तलबबाट १३ हजार २ सय काटिएको छ तर त्यही रकमबाट किनेको कोट माग्दा मलाई ट्रोल बनाइएको छ ।
उहाँले भन्नुभयो, यो विषय केवल ‘कोट’ को नभई समानता र न्यायको सिद्धान्तसँग जोडिएको बताउनुभयो । जनप्रतिनिधिहरू बीच कुनै पनि प्रकारको भेदभाव हुनु नहुने भन्दै उहाँले प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । हामीले आफ्नो तलबबाट कटाएको रकमको समान नपाउनु कतै त्यो रकम हिनामिना भएको त छैन । मलाई कोट नदिएपनि मेरो त्यो पैसा कहाँ गयो त्यसको हिसाब देखाए पनि चित्त बुझ्ने थियो तर त्यो पनि छैन । अनि खोजि नगरेर के गर्ने ।
“अरूले पाए, हामीले किन नपाउने भन्ने कुरा समानताको हो,” भन्ने उहाँको धारणा अझै पनि कायम छ । उहाँले आफूले उठाएको विषयलाई गलत अर्थ नलगाउन आग्रह गर्दै वास्तविक समस्या विभेदको रहेको स्पष्ट पार्नुभएको छ ।
यस घटनाले अहिले एउटा महत्वपूर्ण बहस जन्माएको छ । जनप्रतिनिधिहरूको सुविधा र जनताको अपेक्षाबीच सन्तुलन कसरी कायम गर्ने ? एकातिर जनताले आधारभूत सेवा, विकास र रोजगारीलाई प्राथमिकता दिनुपर्ने माग गरिरहेका छन् भने अर्कोतर्फ जनप्रतिनिधिहरूले समान सुविधा र सम्मानको माग गरिरहेका छन् । उहाँले भन्नुभयो यसमा सचिवालयको हात छ उनीहरुकै कारणले धेरै सदस्यहरुले पाएका छैनन् ।
तर चौधरी भन्नुहुन्छ हिजो मैले सदनमा उठाएका बिषय बस्तुहरु एकातिर छन् भने सामाजिक संजालमा शेयर गरिएको भिडियो क्लिप एकातिर छ । मैले उठाएका सबै कुरा सामाजिक संजालमा किन राखिएन । मुलुकमा स्थिरता सहित आर्थिक सुशासन कायम, जनतालाई कानुनी राज्यको प्रत्याभुति, शिक्षा तथा कृषिमा आमुल परिवर्तन सहित अर्थतन्त्रमा ब्यापक सुधार, बिदेशिएका युवा दक्ष जनशाक्तिलाई स्वदेशमै फर्किने बातावरणको निर्माण, निजि लगानीकर्तालाई प्रोत्साहन, लगातार बढ्दो इन्धनको मुल्यलाई मध्यनजर गरी बिधुतिय उपयोग र उत्पादनमा जोड र प्रदेश तथा केन्द सरकारले अल्पकालिन र दिर्घकालिन योजना बनाउनु पर्ने सुझाव, भदौ २३ र २४ गतेको घटनाको पनि ब्यापक छान बिन सहित प्रतिबेदन सार्बजनिक हुनु पर्ने, बर्दिया र बाँके राष्ट्रिय निकुन्जमा बाघको आक्रमणबाट दिनहु जसो जनताहरुले दुख पाउँदा समेत सरकार मौन रहेको र लुुम्बिनि प्रदेश सचिवालय दिएको निर्देशन बमोजिम सम्पुर्ण सांसदहरुले सोही कलर सोही डिजाइनको पोषाक लिनु पर्ने, पोषकको रकम हामी सबैको कटौटी भएको तर सचिवालयबाट पोशाक उपलब्ध के कति कारणले समयमा उपल्ब्ध नगराइएको भनी सचिवालयप्रति, पटक पटक कुरा राख्दा पनि किन अटेर गरेको कहि पोषक खरिदामा कुनै आर्थिक स्वार्थ त छैन भनेर ध्यानाकर्षण गराएको थिए तर ट्रोल बनाइयो ।

लुम्बिनी प्रदेश सरकारले यस विषयमा आधिकारिक रूपमा कुनै स्पष्ट धारणा सार्वजनिक गरेको छैन । तर सांसदभित्र उठेको विषय भएकाले यसलाई गम्भीर रूपमा लिएर आवश्यक छानबिन र समाधान खोज्नुपर्ने लुम्बिनी प्रदेश सांसद मलती सोडारीले बताउनुभयो । सचिवालय जस्तो जिम्मेवार ठाउँ सकेत यसरी आफ्नो सदस्यहरुलाई ओझेलमा पार्न खोजी रहेको छ भने आम सर्वसाधारणहरुलाई के होला । यसरी आफ्नो सदस्यहरुलाई गुम्राहमा पार्नु न्याय उचित होईन ।
सांसद सोडारीले भन्नुभयो, यदि अब खर्च विवरण र के कारणले हामीलाई वितरण गरिएन सचिवालयले सबै हिसाब देखाउनुपर्छ । एकातिर आफ्नो पैसाले किनेको पोषाक माग्दा यसरी सामाजिक सञ्जालमा ट्रोल बनाइन्छ । तर वास्तिाविकता के हो बुझ्दैनन् र ट्रोल बनाईदिन्छन् ।
यता लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले सरकारबाट दिएको होईन उहाँहरु आफ्नो तलबबाट काटिएको रकमको पोषाक खोजेका हुन । तर यसमा सचिवालयको केही हात नभएको उहाँले बताउनुभयो । कोटका लागि सदस्यहरुको शारिर अनुसार कसैको १३ कसैको १४ हजारसम्म लागेको थियो । कार्यव्यवस्था परामर्श समितिको निर्णय अनुसार उहाँहरुको तलब भत्ताको भपाई गराएर उहाँहरुको तलबबाट काटिएको थियो । यो कामको लागि श्रेष्ठ टेलरबाट सम्झौता गरेर काम भएको थियो जसमा ११ जना सदस्यहरुले पोषाक लिएका थिएनन् । तर उहाँहरु लिए की लिएनन् सचिवालयको यसमा केही दोष नरहेको बताउनुभयो ।
यतातिर सचिवालय र अर्कोतिर सांसदहरुको कुरा सुन्दा सचिवालयको कहि न कहि हात रहेको देखिन्छ । सभा सदस्यहरुकै पोषाक हराउछ भने अरु के बाँकी रहन्छ प्रश्न समेत गर्न सकिन्छ ।
