(Saturday 25th of July 2026)
`

लुम्विनी फोटोग्राफर महासंघको सपथ ग्रहण सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 5.8K
    SHARES

    श्रावण २६, बुटवल, लुम्विनी फोटोग्राफर महासंघको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । गत श्रावण १७ गते दाङ्ग जिल्लाको घोराहीमा सम्पन्न महासंघको प्रथम प्रदेस सम्मेलनमा बसन्त जोशीको अध्यक्षतामा २७ सदस्य कार्यसमिती सर्वसम्मत निर्वाचन मण्डलले घोषणा गरेको थियो । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन मण्डलका संयोजक माधव प्रसाद पन्थद्धारा आईतवार बुटवलमा आयोजित कार्यक्रममा पद तथा गोपनिएताको सफत ग्रहण गराउनु भएको थियो ।
    लुम्विनी प्रदेसका १२ जिल्लाका फोटोग्राफरहरु आफ्नो पेशा ब्यवसायको हकहितको लागी एक ठाउँमा आएर ऐतिहाँसीक कार्यक्रमको आयोजना गरेर सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजकलाई बधाई दिदै नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्र उपाध्यायले नव निर्वाचित कार्यसमितीलाई सफल कार्यकालको शुभ–कामना ब्यब्त गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका उपाध्यायले ब्यवसायलाई मर्यादित बनाउँदै प्रबिधिमैत्री बन्नुपर्नेमा जोड दिदै सम्मानित ब्यवसाय भएता पनि राज्यवाट उपेक्षीत हुनु परेको आम फोटोग्राफरहरुको समस्या प्रति आपूm पनि बिगत ३५ बर्प देखि फोटोग्राफी पेशामा आवद्ध रहेकोले राम्रोसंग जानकारी रहेको, त्यसको लागी राज्यका निति निर्माणका तहबाट फोटोग्राफी पेशालाई स्थापित गर्नतर्फ लागीपर्ने कुरामा जोड दिंदै उक्त कार्य गर्नका लागी नेपालका फोटोग्राफररुको साथ र सहकार्य आवस्यक रहेको बताउनु भयो ।


    सपथ ग्रहण कार्यक्रममा नेपाल फोटोग्राफर महासंघका केन्दीय सदस्यहरु कमला तिवारी र रामचन्द्र बेलवासेद्धारा नव निर्वाचित कार्यसमितीलाई बधाई तथा सफल कार्यकालको शुभ–कामना दिनुका साथै प्रदेसका १२ वटै जिल्लाका फोटोग्राफर संघहरुलाई समेटने गरि कार्यक्रमहरु तय गरेर अगाडी बढ्न आग्रह गर्नुएको थियो ।
    नव निर्वाचित महासंघका अध्यक्ष जोशीले अधिवेसन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद तथा आभार ब्यक्त गर्दै आगामी बैठकले तय गरेर मताहतका जिल्लाहरुमा घुम्ती बैठकहरु बस्ने जसले गर्दा जिल्लाका फोटोग्राफरहरुको बस्तुस्थिती बुझेर काम गर्न सजिलो हुने बताउनु भयो । आफ्नो क्षमताले भ्याए सम्मको जिम्मेवारी वहन गर्ने अवसर दिएकोमा आयोजकलाई धन्यवाद दिंदै निर्वाचन मण्डलका अध्यक्ष पन्तद्धारा घोराहीमा सम्पन्न अधिवेसनमा समय अभावका कारण सपथ ग्रहण र प्रमाण–पत्र बितरण गर्न नसकिएको कुरालाई प्रष्टाउंनु भएको थियो । निर्वाचन मण्ललका अनुसार बरिष्ठ उपाध्यक्षमा मधव प्रसाद पन्त, उपाध्यक्षहरुमा दुर्गा प्रसाद चौधरी, खगेन्द्र गौतम, प्रेम प्रसाद गौतम, सुजन न्यौपाने, महासचिवमा प्रेम बहादुर अर्याल रहनु भएको छ ।
    त्यसै गरि सचिवहरुमा थान प्रसाद डुम्रे, हिमाल महरा, कर्ण बहादुर तिवारी, कोषाध्यक्षमा देवीराम थारु ,सह–कोषाध्यक्षमा टोपाराम गिरी, सदस्यहरुमा श्याम प्रसाद तिमिल्सेना, नारायण बि.क., कृष्ण पन्थी, यादव पाण्डे, गिता पंगेनी, कमला घर्ती, शुभम कुमार गुप्ता, निरज चन्द, सुरज भुसाल, मोहन महतो, तारा लम्साल, चन्द्र बहादुर थारु र रमेश गिरी रहेको जनाएको छ ।
    एक हजार शब्दले ब्यक्त गर्न नसकेको एउटा फोटोले ब्यक्त गर्न सक्छ त्यसैले त्यही फोटोलाई आफ्नो ब्यवसायको रुपमा अंगालेको फोटोग्राफरहरुको पेशा ब्यवसायलाई राज्यका तर्फवाट ब्यवसायीहरुलाई ब्यवसाय गर्न सहज वातावरण बनाउनु पर्ने बर्तमान आवश्यकता रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology