(Thursday 29th of October 2026)
`

पशुपति मन्दिर परिसर राँझामा बृहत वृक्षारोपण

  • सगरमाथा गन्तब्य
  • 7.4K
    SHARES

    नेपालगन्ज । “वृक्षारोपण गरोैं हरियाली बनाओैं” भन्ने नारा सहित प्युठानी युवा समाज बाँके र आदिवासी जनजाति पत्रकार महासंघ नेपाल बाँके (फोनिज) को सहकार्यकार्यमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको भएको छ ।
    प्युठानी युवा समाज बाँकेका अध्यक्ष विष्णु श्रेष्ठको संयोजकत्वमा भएको शनिबार वृहत् वृक्षारोपण कार्यक्रम नेपालगन्ज उपमहानगरपालिका वडा न.२० स्थित राझा एयरपोर्ट नजिकै रहेको पशुपति मन्दिर परिसरमा वृक्षारोपण भएको हो ।
    आदिवासी जनजाति पत्रकार महासंघ बाँकेको सहकार्यमा भएको वृहत् वृक्षारोपणमा झण्डै पचास भन्दा बढि आँप, अम्बा, अमला, निम्बु लगायतका विभिन्न जातिका फलफूलका विरुवाहरु वृक्षरोपण भएको आदिवासी जनजाति पत्रकार महासंघ बाँकेका अध्यक्ष अशोक थापा मगरले बताउनुभयो ।
    यस्तै कार्यक्रममा प्युठानी युवा समाजका अध्यक्ष बिष्णु श्रेष्ठ, उपाध्यक्ष लक्ष्मण पन्थी, कोषाध्यक्ष रामचन्द्र पोख्रेल, सल्लाहकार नवीन शर्मा, मेघराज पोख्रेल, पदम सुवेदी, सशिधर भण्डारी, विष्णु केसी , रेशम श्रेष्ठ लगायत सक्रिय प्युठानी युवाहरुको उपस्थिति रहेको थियोे । यस्तै फोनिज बाँकेबाट फोनिज अध्यक्ष अशोक थापा मगर, फोनिज केन्द्रीय सदस्य प्रज्वल श्रेष्ठ, फोनिज प्रदेश कोषाध्यक्ष भगतराम थारु र फोनिज बाँकेका उपाध्यक्ष सोम गुरुङ, पशुपति मन्दिर व्यवस्थापन समिति, स्थानीय तथा राजनितीकर्मी लाल बहादुर थापा, प्रज्वल शाही लगायतको उपस्थितिमा वृक्षारोपण भएको थियोे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology