नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका १ का डि.एस. बमले आफ्नो श्रीमती मिना देबि बमको आज परेको जन्मदिनको शुभ अवसरमा १५ लाखको जीवन बीमा पोलिसी उपहार दिनु भएको छ।
आजको सानो बचतले भबिस्यमा आफ्नो सनतानको साहारा मिल्ने र जति बेला पनि दुख पर्दा काम लाग्ने भएको हुनाले यो जीवनबिमा गर्न आफुलाई सल्लाह दिनु भएकोमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रमुख तेजेन्द्र न्यौपानेलाई बमले बिशेष धन्यवाद समेत दिनुभयो । बमले आफ्नो श्रीमतीलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स नेपालगन्ज शाखाको माध्यमबाट उक्त पोलिसी उपहार दिनुभएको हो ।
सानो सानो रकमलाई समय मै सदुपयोग गरि भोलिको लागि समय मै जीवन बिमा गरि आफु र आफ्नो परिवारको आर्थिक सुरक्षाको साथै बचत पनि हुने भएकोले आजलाई मात्रै नभई भोलिको लागि पनि जीवन बिमाको ठुलो महत्व रहने भएकोले आफ्नो श्रीमतीलाई जीवन बिमा पोलिसी उपहार दिएको बमले बताउनुभयो ।

नगद र जिन्सी सामान उपहार दिनु भन्दा जीवन बीमालेख उपहार दिदा बचत गर्ने बानीको विकास हुनुको साथै आफु र आफ्नो परिवारको आर्थिक सुरक्षा सुनिश्चत हुने कुरामा दुक ढुक होइन ढुक्क भएर जीवन बिमा गर्न सकिने र बिमाले धनि बनाउन नसके पनि परिवारलाइ गरिब हुन भने दिदैंन र परेको बेलामा आर्थिक सुरक्षाको ग्यारेन्टी हुने भएकोले धनी र गरिब सबै वर्गका मानिसलाई बिमाको दायरामा अनिबार्य रुपमा आउनु हुन क्षेत्रीय प्रमुख तेजेन्द्र न्यौपानेले सम्बन्धित सबैलाई अनुरोध गर्नुभयो
जीवन बीमा गर्दा भविष्यमा आउन सक्ने आर्थिक सुरक्षा र स्वतन्त्रताको सुनिश्चितता हुने भएकोले जीवन बिमा गर्नु उत्तम भएकाले नेपालगन्ज शाखाका प्रमुख हेमन्त शाहिले बताउनुभयो ।
