(Thursday 29th of October 2026)
`

डा. विनोद कर्णलाई नेपालगन्जमा सम्मान – हरित अभियानमा योगदानको कदर

  • सगरमाथा गन्तब्य
  • 8.6K
    SHARES

    नेपालगन्ज, – नेपालगन्जका चर्चित वरिष्ठ प्लाष्टिक सर्जन तथा हरित अभियन्ता डा. विनोद कर्णलाई आज एक विशेष कार्यक्रमका विच भव्य रुपमा सम्मान गरिएको छ । सगरमाथा इ.बो. सेकेण्डरी स्कूल र सगरमाथा गन्तव्य मिडिया प्रालिको संयुक्त आयोजनामा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ मा आयोजित एक कार्यक्रममा डा. कर्णको हरित तथा सामाजिक सेवामा योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
    क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्ज अभियानका संस्थापक समेत रहनुभएका डा. कर्णले नेपालगन्जलाई हराभरा बनाउन हरित अभियान चलाउदै आउनुभएको छ । सर्जनका डाक्टर भएपनि उहाँ हरित अभियानलाई निरन्तरता दिदै आउनुभएको छ । उहाँले सुरु गरेको वृक्षारोपण अभियानका कारण नेपालगन्जका विभिन्न स्थानहरू सुन्दर र हरित बन्दै गएका छन् । विशेषगरी विभिन्न प्रजातिका फूलहरुले नेपालगन्जको सुन्दरतामा थप आकर्षण थपिएको छ ।


    सम्मान कार्यक्रममा सगरमाथा इ.बो. स्कूलका संस्थापिका लक्ष्मी विसीले डा. कर्णलाई दोसल्ला र टिका लगाएर सम्मान गर्नुभएको थियो । कार्यक्रममा सगरमाथा गन्तव्य राष्ट्रिय दैनिक तथा सगरमाथा गन्तव्य डटकमका प्रधानसम्पादक कृष्ण बहादुर जिसीको अध्यक्षता भएको थियो । स्वागत मन्तव्य सगरमाथा स्कूलका एमडी कौशल पाण्डेयले राख्नुभएको थियो भने कार्यक्रमको संचालन स्कूलका प्रवक्ता साहिल अन्सारीले गर्नुभएको थियो ।


    साथै, कारकाँदो स्थित मानव धर्मसेवा समितिको भवनदेखि सगरमाथा स्कूलसम्म सडकको किनारमा वृक्षारोपण गरि हरित पथ बनाउने योजना रहेको जानकारी आयोजकले दिएको छ । डा. कर्णको हरित नेपालगन्जको परिकल्पना र त्यसप्रति समर्पित योगदानले समस्त समाजमा सकारात्मक सन्देश फैलिएको आयोजकको भनाइ छ । यसले नेपालगन्जवासीकै लागि खुसीको कुरा भएको छ । यस अभियानमा सबैको उत्तिकै भुमिका हुन आवश्यक छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology