जेठ २२ नेपालगन्ज : अखिल नेपाल महिला संघ बाँकेले महिला अधिकारको सम्मान ,आत्मनिर्भरता हाम्रो अभियान भन्ने मूल नाराका साथ सातौ राष्टिय महिला अधिकार दिवशमा किशोरीहरुका लागि स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अथिति अनेमसंघ केन्द्रिय सदस्य एवं बाँके इन्चार्ज अछरी पोखरेलले किशोरीहरु किशोरावस्थामा कतिपय कुरामा ख्याल नपुर्याउदा बलात्कार र बेचबेचविखनमा पर्न सक्ने हुदा सचेत रहन सुझाव दिनु भयो । किशोरावस्थामा आफ्ना आफन्त दाजु ,अंकल , काका , भिनाजु जो सुकैले पनि आफ्ना प्राइभेट भागमा छुदा खेरी तुरुन्त प्रतिकार गर्न सके पनि किशोरीहरु हिंसाबाट बच्न सक्ने बताउनु भयो । उहाँले २०६३ साल जेठ १६ गते नेपालको पुर्नस्थापित संसदबाट चार सकल्प प्रस्ताव पारित भएको हुदा आजको दिनलाइ राष्टिय महिला अधिकार दिवशको रुपमा मनाउन थालिएको जानकारी गराउनु भयो । ४वटा प्रस्ताव आमाको नामबाट पनि नागरिकता लिन पाउने कानुनी ब्यवस्था गर्ने।

सरकारी कागजपत्रहरुमा आमाको नाम अनिवार्य लेख्नु पर्ने। महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने कानुनी ब्यवस्था र कारवहीको सुनिश्चितता हुनु पर्ने । राज्यका निकायहरुमा महिलाहरुको ३३प्रतिशत सहभागीता सुनिश्चित गर्नु पर्ने जस्ता रहेका पनि केन्द्रिय सदस्य पोखरेल ले जानकारी गराउनु भयो । यसैगरी नेपाल राष्टिय माध्यमिक विद्यालय घरबारीटोलका प्रीन्सीपल विरेन्द्र यादबले यस प्रकारका सचेतना कार्यक्रमले किशोरीहरुलाइ सचेत हुनमा मद्दत पुग्ने बताउदै विद्यालयका किशोरी अनुसासीत हुनु पर्ने बताउनु भयो ।

कार्यक्रममा अनेमसंघ जिल्ला सदस्य तथा स्वास्थ्यकर्मी सुमन श्रेष्ठले गुड टच र ब्याड टच भनेको के हो रु कसरी बच्न सकिन्छ । भन्ने बारेमा प्रशिक्षण दिनु भयो । उहाँले कसैले पनि नराम्रो किसिमबाट छोएको छ भने पहिला नो भन्ने अनि त्यो स्थानबाट भाग्ने र आफ्नो मिल्ने साथी वा आमाबाबालाइ घटनाको बारेमा जानकारि गराउनु पर्नेमा जानकारी गराउनु भयो । अखिल नेपाल महिला संघ बाँकेका अध्यक्ष मिना सुवेदी ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनेमसंघ केन्द्रिय सदस्य सरस्वती मल्ल, अनेमसंघ नगर अध्यक्ष रीना पौडेल, उपाध्यक्ष मैया तिवारी लगायतको उपस्थिती रहेको थियो ।
