नेपालगञ्ज, नेपाल घरेलु तथा साना उद्योग माहासंघ नेपालगञ्ज उपमाहानगरपालिका समितिद्धारा बिद्यमान अर्थतन्त्र र उद्यमी व्यवसायीका समस्या बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । मंगलवार नेपालगञ्जमा आयोजना गरिएको कार्यक्रममा बाँकेका उद्यमी व्यवसायीहरुको उल्लेख्य सहभागीता रहेको थियो । नेपालको बिद्यमान कर प्रणली र उद्यमी व्यवसायीहरुले भोग्नु परेको समस्याका बारेमा जानकारी गराउने उद्धेस्यले आयोजना गरिएको कार्यक्रममा त्रिभुवन विश्वबिद्यालयका उपप्रध्यापक कूल पाण्डे र सहभागी उद्यमी व्यवसायीहरु बिच बृहत रुपमा छलफल गरिएको थियो । नेपाल घरेलु तथा साना उद्योग माहासंघ नेपालगञ्ज उपमाहानगरपालिका समितिका नवनिर्वाचित अध्यक्षमा बिष्णु खनालको अध्यक्षतामा भएको पहिलो सत्रको कार्यक्रममा उपप्रध्यापक पाण्डेले राज्यको शासन सुचकहरु भ्रष्टचार नियन्त्रण,कानूनको शासन,सरकारी प्रभावकारीता र राजनितिक स्थिरतामा दक्षिण एसीयाली देशहरुमा न्यून स्तरमा रहेको तथ्याङ्क प्रस्तुत गरेका थिए । त्यसैगरि कर भारमा बिश्वमै अधिक कर २२.०७ प्रतिशत रहेको, निर्यातको अवस्था दक्षिण एसीयाली देशहरुमा न्यून जम्मा ७ प्रतिशत रहेको आदि तथ्याङ्क प्रस्तुत गर्दै राज्यको कर निति नै गलतरहेको त्यसकालागी उद्योगी व्यवसायी देशको सचेत बर्गमा पर्नेहुंदा आ–आफ्नो तहवाट आवाज उठाउनु पर्नेमा सचेत गराए ।

सोही दिन दोस्रो सेसनको कार्यक्रम अन्तरगत नेपाल घरेलु तथा साना उद्योग माहासंघ नेपालगञ्ज उपमाहानगरपालिका समिति र नेपालगञ्ज उपमाहानगरपालिकाका महिला उद्यमी समितिमा गत बैशाख २५ गते निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन मण्डलका अध्यक्ष बिकास आचार्यले प्रमाण–पत्र प्रदान गरेका थिए । नेपाल घरेलु तथा साना उद्योग माहासंघ नेपालगञ्ज उपमाहानगरपालिका समितिका निर्वाचन समितिका संयोजक दिपक भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय सदस्य जिवनाथ सापकोटा, बिशिष्ठ अतिथि नेपाल घरेलु तथा साना उद्योग बाँकेका प्रमुख कृष्ण बहादुर बिष्ट ,महिला उद्यमी समितिका अध्यक्ष मिना डाँगी, नेपाल घरेलु तथा साना उद्योग माहासंघ नेपालगञ्ज उपमाहानगरपालिका समितिका निवर्तमान अध्यक्ष डिला शाह , नेपाल घरेलु तथा साना उद्योग माहासंघ खजुरा गाउँपालिका समितिका अध्यक्ष सुर्य नेपालीले कार्यक्रम अत्यन्तै फलदायी रहेको बताएका थिए । कार्यक्रममा नेपालगञ्ज उपमाहानगरपालिकाका महिला उद्यमी समितिकी अध्यक्ष कालिमियाँ कस्मिरा माहासंघका वरिष्ठ उपाध्यक्ष दिपेन्द्र बहादुर जोशी,उपाध्यक्षय फणाधर भण्डारी, माहासचिव भोजराज तिमिल्सैना र कोषाध्यक्ष बिनोद अग्रहरी साथै सदस्यहरु क्रमश बिजय चौधरी,नरमायाँ घर्ती,प्रेम प्रसाद शर्मा,बाल कुमारी के.सी.,बसन्ती पौडेल,चेतना बि.एम.,बिर बहादुर हमाल निर्मला रेग्मी , खम्म बहादुर विष्ट , नेपालगञ्ज उपमाहानगरपालिकाका महिला उद्यमी समितिको वरिष्ठ उपाध्यक्ष सिता बन्जाडे,उपाध्यक्ष जानका शर्मा,माहासचिव पुष्पा कँडेल ,कोषाध्यक्ष कोमल श्रेष्ठ र सदस्यहरु विन्दु जोशी,पार्वती थापा ,रुबी बानो लगाएतको उपस्थिती रहेको थियो ।
