(Friday 30th of October 2026)
`

नेपालगन्ज १८ शिवशक्ति टोलमा सडकको शिलान्यास

  • सगरमाथा गन्तब्य
  • 9.9K
    SHARES

    नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ को शिवशक्ति टोलमा सडकको शिलान्यास गरिएको छ । आइतवार एक कार्यक्रमका विच शिवशक्ति टोलमा रहेको सडकको शिलान्यास गरिएको हो । नेपालगन्ज १८ मा धमाधम सडक स्तरउन्नति भैरहेको स्थानियवासी बताउँछन् । वडाअध्यक्ष दिपक कुमार बर्माको सक्रियताले वडाका टोल टोलमा सडक स्तरउन्नति भैरहेको स्थानियवासी बताउछन् । बर्माले वडाको टोल टोलका सडक स्तरउन्नतिका लागि आरसिसी नाला सहितको सडक शिलान्यास गरि धमाधम निर्माण कार्य अगाडी बढाएको बताउनुभयो । करिव ३० लाखको लागतमा आइतवार शिवशक्ति टोलमा रहेको २ सय १४ मिटर आरसीसी नाला सहितको सडक स्तरउन्नतिका लागि स्थानियवासीको सहभागितामा शिलान्यास गरि निर्माण कार्य अगाडी बढाएको वडाअध्यक्ष बर्माले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology