नेपालगन्ज : नेपालगन्जमा रहेको KIEC कन्सल्टेन्सीमा मिट एण्ड ग्रिड कार्यक्रम सम्पन्न भएको छ । यही कार्तिक ५ गतेबाट नेपालगञ्जको धम्बोजीमा सञ्चालनमा आएको विद्यार्थी लक्षित कन्सल्टेन्सीले KIEC का सिइओ राजेन्द्र रिजालसँग विद्यार्थी तथा अभिभावकसँग मिट एण्ड ग्रिड कार्यक्रम सम्पन्न गरेको हो । नेपाल भित्र १५ वटा सहरमा शाखा रहेको KIEC ले क्यानडा, अस्ट्रेलिया, जापान लगायत देशका लागि विद्यार्थी भिसालाई प्राथमिकतामा राख्दै आएको छ ।
नेपालगन्ज शाखाका डाइरेक्टर सुभाष थापा मगरका अनुसार अहिले विद्यार्थीलाई विदेशमा सुनिश्चित भविष्यको लागि कन्सल्टेन्सीमा राम्रो काउन्सेलिङ्ग गर्नु पनि उत्तिकै रहेका कारण बेलाबेलामा मिट एण्ड ग्रिड कार्यक्रम गर्दै गरेको जानकारी गराउनुभयो । कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरूको निकै उत्साहजनक उपस्थिति रहेको थियो ।
