(Friday 30th of October 2026)
`

बास बर्दिया शाखा अध्यक्षमा राम सोनाम

  • सगरमाथा गन्तब्य
  • 8.9K
    SHARES

    बर्दिया : बागेश्वरी असल शासन क्लव बास नेपालको बर्दिया शाखा अध्यक्षमा राम सोनाम निर्बिरोध चयन भएका छन् । बास नेपालको केन्द्रय अधिबेशन नजिकिदै गर्दा आफ्ना ७७ वटै शाखा, उपशाखा र ईकाईहरुको अधिबेशन गर्ने क्रममा आज बर्दियाको गुलरियामा आयोजित बर्दिया शाखाको ७ औं अधिबेशनबाट सोनाम अध्यक्षमा चयन भएका हुन । १३ सदस्यीय शाखा समितिमा शाखाको उपाध्यक्ष, सचिव, सह सचिव र कोषाध्यक्षमा क्रमश पबित्रा शर्मा, सागर तिमिल्सेना, श्रुती चौधरी र राम भण्डारी रहेका छन् ।
    त्यसैगरी सदस्यहरुमा क्रमश बिष्णुदेबी राना, पारस बाँनिया, कोपिला शाही, कौशल सापकोटा, रिजवान खाँ, लक्ष्मण भण्डारी, उर्मिला थारु र देवराज ढुङ्गाना रहेका छन् ।
    बास नेपाल केन्द्रीहरु पदाधिकारीहरु, शाखा, उपशाखा र ईकाई समितिका पदाधिकारीहरु, बास नेपालका पुर्ब केन्द्रीय पदाधिकारी, सक्रिय सदस्यहरु र बासका शुभचिन्तकहरु गरी ४० जनाको भेलाबाट उक्त शाखा पदाधिकारीहरु चयन गरिएको थियो ।
    बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा, निबर्तमान अध्यक्ष रमेश सिटौला, पुर्ब अध्यक्ष मन भण्डारी, महासचिव खुमेश सुबेदी, केन्द्रीय सदस्यद्धय तपेन्द्र मलाती र जोशिना थारु, जन सम्पर्क अधिकृत माधव कार्की, पुर्ब बरिष्ट उपाध्यक्ष तथा हाल मधेश प्रदेश संयोजक ईश्वर बिक, पुर्ब केन्द्रीय कोषाध्यक्ष सत्य प्रकाश यादव, पुर्ब केन्द्रीय सदस्य तथा गुलरिया नगरपालिका कार्यपालिका सदस्य नैन सुनारको उपस्थिति रहेको थियो ।
    कार्यक्रममा बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा, निबर्तमान अध्यक्ष रमेश सिटौला, महासचिव खुमेश सुबेदी, पुर्ब केन्द्रीय सदस्य तथा गुलरिया नगरपालिका कार्यपालिका सदस्य नैन सुनारले अधिबेशनमा आफ्नो भनाई राखेका थिए ।
    बास नेपाल बार्दिया शाखाकी उपाध्यक्ष पबित्रा शर्माको अध्यक्षतामा आयोजित ७ औं अधिबेशन कार्यक्रममा स्वागत मन्तब्य ईश्वर बिकले गरेका थिए भने बास नेपालको परिचयका साथै कार्यक्रमको उद्धेश्यमाथि प्रकास बासका पुर्ब अध्यक्ष मन भण्डारीले पारेका थिए भने कार्यक्रम सञ्चालन शाखाका सचिव राम सोनामले गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology