(Friday 30th of October 2026)
`

विकास निर्माणका संवाहक कुशल नेतृत्व : वडाध्यक्ष दिपक कुमार बर्मा

  • सगरमाथा गन्तब्य
  • 10.1K
    SHARES

    नेपालगन्ज, २० फाल्गुण – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दिपक कुमार बर्मा २०७४ साल (इ.सं. २०१७ मा) संघिय संरचनामा परिवर्तन पश्चात स्थानिय निकाय वडा नं. १८ का जनप्रतिनिधि वडा अध्यक्षको रुपमा निर्वाचित हुनुभएको थियो । तत्कालिन समयमा वडा नं. १८ ले एउटा सशक्त अध्यक्षको रुपमा युवा नेतृत्व प्राप्त गरेको थियो । सो कार्यकालमा वडा नं. १८ को टोल टोलमा विकास निर्माणका कार्यमा अहोरात्र खटिइ कार्य अगाडी बढाउनु भएको थियो । वडा नं. १८ मा निर्वाचित भएर आएदेखि वडा अध्यक्ष बर्माले टोलवासीका निर्माणात्मक समस्यासंग केन्द्रित रहदै उहाँहरुको समस्याहरु पहिचान, योजना तर्जुमा, व्यवस्थापन साथै अनुगमन गर्दै विकास निर्माणका कार्यमा तिव्रता दिनुभएको थियो । उहाँले यसभन्दा पहिले स्थानिय निकाय अन्तरगत वडा नं. १८ को जनप्रतिनिधि अध्यक्षमा निर्वाचित भएपश्चात निरन्तर रुपमा वडाभित्रका गल्ली गल्ली ग्राभेल, पक्की सडक, खानेपानी, मिनिपार्क व्यवस्थापन, विजुली बत्ति, ढलनिकास जस्ता निर्माणात्मक कार्यमा अग्रसरता देखाउदै आउनुभएको थियो ।


    संघिय संरचना अनुसार २०७९ साल (इ.सं. २०२२) दोश्रो पटक स्थानिय तहको निर्वाचनमा पहिलो कार्यकालको कार्यदक्षता र क्षमतालाई वडावासीद्धारा मुल्याङ्कन र विश्वासका साथ युवा नेतृत्वद्धारा नै सम्भवदेखि दिपक कुमार बर्मा दोश्रो कार्यकाल वडाध्यक्षको रुपमा निर्वाचित हुनुभएको थियो । दोश्रो कार्यकालमा अध्यक्षको रुपमा निर्वाचित भैसकेपछि बाँकी निर्माणत्मक कार्यहरु सम्पन्न गर्ने प्रयासरत हुनुहुन्छ । वडा अध्यक्ष स्वयम् हरेक दिन स्थानियवासीको टोल छिमेकमा निर्माणात्मक कार्यको अवलोकन, अनुगमनका साथै समस्या पहिचानका लागि अहोरात्र खटिदै आउनुभएको छ । सोमवार समाजसेवी तथा वडाध्यक्ष बर्माले नेपालगन्ज वडा नं. १८ बर्दिया बाईपास बिशाल चोकदेखि बनियागाउँ सडक खण्ड अन्तर्गत रु. ५० लाखको लागतमा २०० मीटर लम्बाई ६ः५० मी सबबेस चौडाई तथा ५ः५० मीटर चौडाइ भएको अस्फाल्ट कालोपत्रे सडकको निर्माण कार्य शुरु गर्नुभएको छ ।


    सोमवारबाट निर्माण कार्य शुरू गरिएको उक्त सडकको शिलान्यास टोल बिकास समितिका अध्यक्ष तथा जेष्ठ नागरिक टीकाराम कँडेलबाट गराईएको जानकारी गराउँदै वडा अध्यक्ष बर्माले भन्नुभयो “नेपालगन्ज १८ लाई हिलाम्यबाट जोगाउन हरेक टोलमा कालोपत्रेको योजना बनाई विकास निर्माण कार्यमा तिव्रता दिएको छु ।” “टोलबासीको साथ सहयोगले अहिलेसम्म वडावासीको मन दुखाएको जस्तो लाग्दैन” उहाँले भन्नुभयो । मेरो तनमनले भ्यायसम्म जनताकै साथ सहयोगमा दिनरात खटिने उहाँले जानकारी गराउनुभयो । उक्त निर्माण कार्य पौष मसान्तसम्म सम्पन्न हुने गरी ठेकेदार कम्पनीसँग सम्झौता गरिएको बताउनुभयो । अध्यक्ष बर्माको वडामा एक हप्ता भित्र कालोपत्रे सडकको यो दोश्रो शिलान्यास हो । यस अगावै ७० लाखको लागतमा निर्माण हुन लागेको श्री तिरूपति बालाजी सडक शिलान्यास गरिएको थियो । जनप्रतिनिधिको रुपमा वडामा आएदेखि जनता कै घरदैलोमा अहोरात्र खटिएको अनुभव वडावासीमा स्थापित भएको स्थानियवासीले महसुस गरेका छन् ।

    उहाँले केही साप्ताह अगाडि यसै वडाको भाटभटेनी पछाडीदेखि उपेन्द्र श्रेष्ठको घरदेखि भुजैइगाउँ जोड्ने सडक निर्माणको शिलान्यास गर्नुभएको थियो । जसको लागत रु १ करोड ४२ लाखको थियो । साथसाथै यस वडामा नाजुक अवस्थामा रहेको एक मात्र माबि सामुदायिक बिद्यालय जसको भौतिक पुर्वाधार तथा गुणात्मक शिक्षाको अवस्था सुधारमा उहाँले निकै उपलब्धि मुलक कार्य समेत गर्नु भएको छ । त्यसै गरि यस वडामा खेतियोग्य जग्गा रहेकोमा सिंचाइको लागी ७० वटा बोरिङ्ग कृषकको खेतमा समेत जडान गर्नु भएको छ ।  “अध्यक्ष बर्माद्धारा निर्माणात्मक कार्यका साथसाथै शिक्षा, स्वास्थ्य साथै रोजगारको व्यवस्थापन गर्ने प्रयास गरिदिएमा निश्चित रुपमा वडा नं. १८ देशकै एउटा नमुना वडाको रुपमा बन्ने थियो” स्थानियवासी कोशलराज पाण्डेले भन्नुभयो ।


    “मेरो पुर्ण कार्यकाल समयावधिभित्र नेपालगन्ज १८ लाई एउटा नमुना वडाको रुपमा निर्माण गरेर जनतालाई सुम्पने दृष्टिकोण राखेको छु यसमा वडावासीको निरन्तर सहयोग र साथ पाउँदै आएको छु र भविश्यमा मेरो सकारात्मक कार्यको साथ र समर्थनका लागि अपेक्षा राख्दछु जनताले मेरो कामको विश्वास गर्नुभएमा मेरो जिवनको कालखण्ड जनतामै समर्पित गर्नेछु” वडाध्यक्ष बर्माले भन्नुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology