(Friday 30th of October 2026)
`

न्यु दर्पण कपको भव्य उद्घाटन

  • सगरमाथा गन्तब्य
  • 6.1K
    SHARES

    बाँके, फागुन ७ । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ ई गाउँमा रहेको न्यू दर्पण युवा स्पोर्टस क्लवको आयोजनामा प्रजातन्त्र दिवसको अवसर पारेर बुधबारदेखि दोस्रो दर्पण कप खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।
    लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्री र खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले प्रतियोगिताको उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै पुर्व मन्त्री खत्रीले खेलकुदको विकासका लागि आफुले सधै पहल गर्दै आएको बताउनुभयो । उहाँले खजुराको बिकास निर्माणमा आफुले सधै प्राथमिकता दिएको बताउनुभयो ।
    गाउँपालिका उपाध्यक्ष मल्ल र वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर रोकाले पालिकाले खेलकुदलाई सधै प्राथमिकता दिएको बताउनुभयो ।
    ई गाउँस्थित मनकामना माविको खेल मैदानमा जारी प्रतियोगिताको उद्घाटन खेलमा जिल्ला प्रहरी कार्यालय बाँकेले आयोजक न्यु दर्पण युवा स्पोट्र्स क्लब बीलाई ट्राइब्रेकरमा पराजित गरेको क्लबका अध्यक्ष प्रकाश केसीले जानकारी दिनुभयो ।
    प्रतियोगितामा बिभिन्न १४ समूहको सहभागिता रहेको छ । कोषाध्यक्ष देबबहादुर बिसीका अनुसार प्रतियोगितामा प्रथमलाई नगद एकलाख ११ हजार १११ र दोश्रो हुनेलाई ५५ हजार ५५५ रुपियाँ नगद पुरस्कारको ब्यवस्था गरिएको छ ।
    सचिव भोला मल्लका अनुसार प्रतियोगिताको फाईनल फागुन १७ गते हुनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology