(Friday 30th of October 2026)
`

नेपालगन्जमा क्रिकेट खेल मैदानको लागि पूर्व वरिष्ठ खेलाडीहरुको चासो

  • सगरमाथा गन्तब्य
  • 6.4K
    SHARES

    नेपालगन्ज – खेलकुदको क्षेत्रमा नेपाल अधिराज्यभर अलग्गै पहिचान बनाउन सफल पश्चिम नेपालकै केन्द्रविन्दू नेपालगन्जमा एक पछि अर्को खेलकुदको बारेमा चासो र चर्चा हुने गरेको छ । यसै क्रममा सोमवार नेपालगन्जका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल क्षेत्रमा स्थापित भइसकेका पूर्व खेलाडीहरुको एक भेलामा नेपालगन्जमा क्रिकेट खेलको लागि अहिलेसम्म खेल मैदान बन्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।
    पूर्व खेलाडी समाज, बाँकेको संयोजक तथा टेबुलटेनिसका राष्ट्रिय खेलाडी तथा २०२८ देखि २०३२ सम्म स्थानीय क्रिकेट खेलका प्रथम क्याप्टेन प्रकाश बहादुर श्रेष्ठको पहलमा जमघट भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको क्षेत्रमै पहिचान बनाएका पूर्व अग्रज खेलाडीहरुले राज्यको अरबौं लगानी गरेर निर्माण गरिएको नेपालगन्ज रंगशालामा क्रिकेट खेलको कुनै पूर्वाधारसम्म नबनाएको प्रति असन्तोष व्यक्त गरेका छन् । अग्रज खेलाडीहरुले उक्त आधुनिक रंगशालामा स्थानीय खेलाडीहरुले सहजै खेल्न पाउने सुविधा पनि हुन नसकेको गुनासो पोखे ।
    भलिवल खेलका पूर्व राष्ट्रिय खेलाडी तथा व्याडमिन्टनका अन्तर्राष्ट्रिय रेफ्री अजीत कुमार शर्माले सीमित साधन स्रोत र आवश्यक उपयुक्त पूर्वाधारको अभावमा पनि नेपालगन्जले खेलकुदका विभिन्न विधामा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्न सफल भएको बताउनु भयो । यो सबै स्थानीय खेलाडीहरुकै मेहनत र लगनशीलताको उपलब्धि भएको बताउँदै नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा थुप्रै सरकारी जग्गा छ र त्यसको खोजविन गरेर क्रिकेट मैदानको लागि छनौट गरेर निरन्तर पहल गर्न सक्यो भने खेल मैदान बनाउने सोंचले सफता नपाउला भन्न सकिन्न भन्नुभययो ।
    भेलामा नेपालगन्ज उपमहानगरपालिकाका पूर्व प्रमुख तथा वरिष्ठ अधिवक्ता विजय कुमार गुप्ताले नेपालगन्जलाई महानगर बनाउने सपना साकार बनाउन हरेक वडामा ससाना खेल मैदान, पार्क जस्ता खुल्ला ठाउँ छोड्नु पर्ने धारणा राख्नु भयो । उहाँले भन्नुभयो– तर, नगर भित्र रहेका तलाऊलाई पुरेर खेलकुद मैदान वा कुनै पनि संरचना बनाउने गल्ती कसैले गर्न हुदैन । किनकी नागरिकको स्वास्थ्यका लागि वातारणीय स्वच्छता आवश्यक हुन्छ । नगरका २३ वटा वडामा अन्य पनि थुप्रै सरकार जमीन रहेको र त्यसको कुनै सदुपयोग हुन नसकेको उहाँले बताउनु भयो ।
    उक्त भेलामा अन्तर्राष्ट्रिय वरिष्ठ खेलाडीहरु पूर्व जिल्ला शिक्षा अधिकारी राकेश श्रीवास्तव, निजामुद्दिन सिद्दीकी मुन्ना, प्राध्यापक राम कुमार गुप्ता, माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक लक्ष्मण प्रसाद गौतम, नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष तथा भारोत्तलनका राष्ट्रिय खेलाडी मनोज कुमार श्रेष्ठ, पूर्व वडा अध्यक्ष गोपाल श्रेष्ठ, फुटवल राष्ट्रिय खेलाडी अर्जुन श्रेष्ठ, व्यवसायी विजयमान पति, क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी प्रमोद बहादुर श्रेष्ठ, फुटवल तथा एथलेटिक्सका राष्ट्रिय खेलाडी कञ्चन बहादुर श्रेष्ठ, प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा अफिसियल पत्रकारको रुपमा सहभागी वरिष्ठ पत्रकार पूर्णलाल चुके लगायत करीब दुई दर्जन प्रतिष्ठित व्यक्तिहरुको सहभागिता रहेको थियो ।
    भारोत्तोलनको अन्तर्राष्ट्रिय रेफ्रीको भूमिका समेत निर्वाह गरिसकेका आयोजक पूर्व खेलाडी समाज, बाँकेको संयोजक श्रेष्ठले क्रकेट खेल मैदानको लागि नगर भित्र रहेको सरकारी जमीन वा अन्य जमीन खोजी गर्ने भेलाले निष्कर्स निकालेको बताउनु भयो ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology