(Friday 30th of October 2026)
`

बैजनाथमा सिकाई आदान प्रदान कार्यक्रमलाई निरन्तरता दिने पालिकाको प्रतिबद्धता

  • सगरमाथा गन्तब्य
  • 5.4K
    SHARES

    नेपालगन्ज । पालिकासँग बालिका शिक्षा कार्यक्रमको सिकाई आदान प्रदान तथा आगामी योजना बैठक बाँकेको बैजनाथ गाउँपालिकामा सम्पन्न भएको छ । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा आज उक्त बैठक सम्पन्न भएको हो । नियमित बालिका शिक्षा कार्यक्रमका उपलब्धीहरु, राम्रा अभ्यास र चुनौतीहरुको बारेमा छलफल गर्ने, जलवायु न्याय क्लबको परियोजनाको बारेमा छलफल गर्ने र बालिका शिक्षा कार्यक्रमलाई आगामी दिनमा बसरी अगाडी बढाउने भन्ने बिषयमा छलफल गर्ने उद्धेश्यले बैठकको आयोजना गरिएको थियो । बैठकमा बोल्दै बैजनाथ गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि प्रकाश बहादुर शाहीले वालिका शिक्षा कार्यक्रमको प्रभावकारीता र उपलब्धी राम्रो देखिएकाले पालिकाले कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता गरेका छन् । वालिका शिक्षा कार्यक्रमसँग शिक्षा, महिला तथा बाल अधिकार प्रबद्र्धन र वन तथा वातावरण महत्वपूर्ण बिषय जोडिएकाले सबै मिलेर योजना सहित कार्यक्रमको निरन्तरताका लागि काम गर्नुपर्नेमा जोड दिए । उनले शिक्षामा लगानी गर्न पालिका तयार रहेको भन्दै रुम टु रिड र बास नेपालले कार्यक्रम निरन्तरताकालागि काम गर्न अनुरोध गरे ।

    यसैगरी बैठकमा बोल्दै कार्यक्रमका अतिथि गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले वालिका शिक्षा कार्यक्रमले वालिकाहरुमा सकारात्मक परिवर्तन ल्याएको भन्दै पालिकाका सबै माध्यमिक बिद्यालयहरुमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । सो क्रममा बोल्दै पूर्व मन्त्री तथा श्री प्रभात माबि बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष दल बहादुर सुनारले साझेदारीमा राम्रो कार्य गर्ने संस्थाहरुलाई काम गर्ने वातावरण सिर्जना गर्नु पर्ने बताए । वालिका शिक्षा कार्यक्रम अन्तरगत वालिकाहरुमा आएको परिवर्तनले सिंगो बिद्यालय, परिवार र समुदायमा समेत सकारात्मक परिवर्तन आएको भन्दै पालिकाले अपनत्व लिदै कार्यक्रम निरन्तरताका लागि योजना बनाउन अनुरोध गरे । जलवायु न्याय क्लब गठन पश्चात बिद्यालयको सरसफाई र हरियाली प्रबद्र्धनमा महत्वपूर्ण कार्य भएको उनको भनाई थियो । बैठकमा अलुम्नाई बसन्ती डाँगी र संगिता सुधारले वालिका शिक्षा कार्यक्रमबाट प्राप्त गरेको सफलता र आफुमा आएको परिवर्तनका बिषयमा सफलताको कथा सुनाएका थिए । बैठकको क्रममा खुल्ला छलफलमा बोल्दै बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्याप, फोकल शिक्षक र जलवायु न्याय क्लबका वालिकाहरुले कार्यक्रम निकै उपयोगी रहेकाले सबै मिलेर कार्यक्रम निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

    बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत बास नेपालका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्माले गरेका थिए । कार्यक्रमका उपलब्धी, राम्रा अभ्यासहरु, चुनौतीहरुका बिषयमा रुम टु रिडका अफिसर निरोज कोईरालाले प्रश्तुतीकरण गरेका थिए । परियोजनाका संयोजक हेमराज भट्टले कार्यक्रमलाई कसरी निरन्तर गराउन सकिन्छ भन्ने बिषयमा खुल्ला छलफलको सहजिकरण गरेका थिए । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, कार्यक्रम सञ्चालीत वडाका वडा अध्यक्ष, सम्बन्धीत शाखा, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, फोकल शिक्षक, अलुम्नाई र जलवायु न्याय क्लबका गरि ४० जनाको सहभागिता रहेको कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology