नेपालगंज – नेपाल खेलकूद महासंघ बैजनाथ गाउपालिको प्रथम भेला भब्याता का साथ सम्पन्न भएको छ । भेलाले सुरेन्द्र बि.क.को अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको हो । महासंघका जिल्ला कमिटी अध्यक्ष होम सुनारको अध्यक्षता नेकपा एमाले बैजनाथ गाउँपालिका कार्यलयमा सम्पन्न भएको थियो । नेपाल खेलकूद महासंघ स्थाई कमिटी सदस्य साथै नेपाल खेलकूद महासंघ लुम्बिनी प्रदेश ईन्चार्ज कृष्णा पाठक प्रमुख अतिथि रहेको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहाकार परिषद सदस्य तथा पुर्व सिंचाई राज्यमंत्री दल बहादुर सुनार विशिष्ट अतिथि रहेका थिए । शारीरिक तथा मानसिक स्वास्थ्यको लागी बच्चा देखी बृद्दाहरुले खेल खेल्न अपरिहार्य रहेको त्यसमा पनि युवाहरुको लागी आफू र देशको नाम बिश्वस्तरमा चिनाउनको लागी खेल ,खेलाडी तथा खेल संग संम्वन्धित ब्यक्तिहरुको महत्वपूर्ण भूमिका रहेको र नेपाल खेलकूद महासंघले त्यसको अगुवाई गर्नुपर्नेमा प्रमुख अतिथि पाठकले जोड दिईन् ।
नेकपा एमाले को चलाएको मिसन ८४ अभियानलाई सफल पार्नको निम्ती वडा देखि पालिका र जिल्ला मा खेलका बिधाअनुसारका कमिटी निर्माण गरि खेलकूद प्रतियोगिताहरु गर्दै समग्र खेलडीहरुलाई नेपाल खेलकूद माहासंघमा समाहित भै लाग्न विशिष्ट अतिथि दल बहादुर सुनारले आव्हान गरे । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी बाँकेका उप-सचिव किशोर थापा , एमाले जिल्ला कमिटी सदस्य यज्ञ पुन , एमाले बैजनाथ पालिका कमिटी अध्यक्ष मान बहादुर खत्री लगाएतका बक्ताहरुद्वारा शुभकामना मन्तब्य दिएका थिए । बि.क. अध्यक्ष रहेको कमिटी मा ओम बहादुर मगर उपाध्यक्ष ,भरत परियार सचिव,सीताराम खत्री उप-सचिव,मनीष सुनार कोषाध्यक्ष रहेका छन् भने सदस्यहरुमा मनिषा कुमारी रेग्मी, सन्जु सुनार ,निराजन थारु तिलक खत्री ,सरोज सुनार , हेमराज बि.क. लाई भेलाबाट सर्वसम्मत चयन गरेको थियो ।
