(Friday 30th of October 2026)
`

फुटबल संघमा तीन पदाधिकारी र एक सदस्य मनोनित

  • सगरमाथा गन्तब्य
  • 5.8K
    SHARES

    नेपालगन्ज, पुष १ गते – बाँके जिल्ला फुटबल संघले रिक्त रहेका तिन पदाधिकारी र एक सदस्य मनोनित गरेको छ । नेपालगन्जमा बसेको बाँके जिल्ला फुटबल संघको बैठकले कोषाध्यक्षमा सानु तामाङ, सह–महासचिवमा दिर्घराज आचार्य(कौशल) र सरिता थापा(शाह)लाई मनोनित गरेको छ ।
    यसैगरी संघको सदस्यमा कर्ण बस्नेतलाई मनोनित गरिएको अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताउनु भएको छ । संघको विधानमा रहेको व्यवस्था अनुसार मनोनित गरिएको अध्यक्ष शाहीले बताउनु भयो ।
    उहाँले भन्नु भयो,‘संघको कार्यसमितिलाई चलायमान गराउन मनोनित गरिएको हो । फुटबल क्षेत्रमा योगदान गरिरहनु भएको व्यक्तिलाई समेटदैं कार्यसमितिमा मनोनित गरिएको हो । मनोनित हुनु भएका सबैले बाँके जिल्लाको फुटबल विकासमा थप क्रियाशिल भएर काम गर्नु हुनेछ भन्ने विश्वास छ ।’
    कोषाध्यक्षमा मनोनित हुनु भएका तामाङ राष्ट्रिय खेलकुद परिषद्को पुर्व प्रशिक्षक हुनुहुन्छ । चार दशक देखि फुटबल खेलाडी उत्पादनमा योगदान गरिरहनु भएका तामाङ मिलन युवा क्लबको अध्यक्ष हुनुहुन्छ ।सह–महासचिवमा मनोनित आचार्य रोयल नेपालगन्ज फुटबल क्लबका महासचिव हुनुहुन्छ भने थापा कारकाँदो युवा स्पोटर््स क्लबका महासचिव हुनुहुन्छ । यसैगरी सदस्यमा मनोनित बस्नेत कोहलपुर रेसिङ सहारा क्लबको सल्लाहाकार तथा कोहलपुर गोल्ड कपको संयोजक हुनुहुन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology