नेपालगन्ज : श्रमको सम्मान र मर्यादित काम सामाजिक सुरक्षा कार्यन्वयन हाम्रो अभियान भन्ने मुल नाराका साथ शनिवार नेपालगन्जमा ट्याङकर इकाई कमिटिको सातौं अधिबेशन सम्पन्न भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याङकर इकाई कमिटीको अध्यक्ष कविराम पुनको अध्यक्षता तथा प्रमुख आतिथ्यता जिफन्ट राष्ट्रिय कमिटी सदस्य पुर्ण केसी रहनुभएको थियो । शनिवार सम्पन्न भएको सातौं अधिबेशनाबाट १४ जना नयाँ कमिटिको कार्यसमिति चयन भएको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याङकर इकाई कमिटीको अध्यक्षमा विष्णु बोहरा, उपाध्यक्षमा टेक बहादुर थापा, सचिवमा जगत थापा, कोषाध्यक्षमा पोखरसिंह केसी सर्वसम्मत नयाँ कमिटिमा चयन भएका छन । यस्तै सदस्यहरुमा अर्जुन ओली, तखेन्द्र ओली, देवकुमार गिरी, विनोद राई, प्रविन सुनार, निमराज रेग्मी, निरन्जन कहर, केवल सिंह, कालेराम चौधरी र पोपाल भण्डारी सर्वसम्मन चयन भएका छन् ।

अधिबेशनको उद्घाटन सत्रमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय कमिटी सल्लाकार संयोजक ध्यान बहादुर राई, नेपाल यातायात तथा मजदुर संगठन केन्द्रिय कमिटीका उपमहासचिव तथा तथा सुदुरपश्चिम प्रदेश ईन्चार्ज खगेन्द्र वहादुर वली, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदुरपश्चिम प्रदेश अध्यक्ष ललीत चन्द, नेपाल यातायात रखताना मजदुर संगठन लुम्विनी प्रदेश सचिव हुम बहादुर क्षेत्री, हवाई इन्धन कार्यालय प्रमुख ताहेन खड्का, मध्यपश्चिम अन्चल डिलर्स एसोशियसनका अध्यक्ष विश्व खनाल, मध्यपश्चिम अञ्चल पेट्रोलियम ढुवानी अध्यक्ष टिपी न्यौपाने, नेपालगन्ज श्रम तथा रोजगार कार्यालयका प्रमुख कमल पौडेल, सामाजिक सुरक्षा शाखा कार्यालय नेपालगन्जका प्रमुख चिरन्जीवी न्यौपाने, जिफन्ट लुम्विनी प्रदेश सदस्य तथा बाँके जिल्ला ईन्चार्ज सुमन गिरी श्रेष्ठ, लगायत विभिन्न संगठनका प्रतिनिधि, स्थानिय जनप्रतिनिधि, बुद्धिजिवी, व्यवसायी, नागरिक समाज, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो भने अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

