(Friday 30th of October 2026)
`

दशौं नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई

  • सगरमाथा गन्तब्य
  • 7.1K
    SHARES

    नेपालगन्ज, २२ मंसिर – नेपालगन्ज म्याराथनको दशौं संस्करणमा नेपाली सेनाका खडकबहादुर खड्काले उपाधी हात पारेका छन् । खड्काले ४२ दशमलव १९५ किलोमिटरको दौड दुई घण्टा १७ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै उपाधी हात पारेका हुन् । म्याराथनमा नेपाली सेनाकै राजन रोकाया र सुशील कुमार क्रमशः दोस्रो र तेस्रो भए । उपाधी जितेका खड्का गत संस्करणका उपविजेता र त्यसभन्दा अघिल्लो संस्करणका विजेता हुन् । रोकायाले दुई घण्टा १७ मिनेट ५३ सेकेण्डमा निर्धारित दूरी पार गरे भने शाहीले दुई घण्टा २१ मिनेट ४५ सेकेण्डमा पूरा गरे । विजेताले क्रमशः दुई लाख, एक लाख र पचास हजार नगद पुरस्कार पनि प्राप्त गरेका छन् । खड्का र रोकायाले नेपालगन्ज म्याराथनको कोर्सको किर्तिमानी पनि तोडेका छन् । विजेता खड्काले आफूले पहिलोपटक आठौं स्थान प्राप्त गरेकोमा दुईपटक च्याम्पियन हुन पाएकोमा खुसी लागेको बताए ।


    यसैगरी नेपालगन्ज महिला हाफ म्याराथनको उपाधी लगातार चौथोपटक सन्तोषी श्रेष्ठले जितेकी छन् भने पुष्पा भण्डारी दोस्रो र विमला कार्की तेस्रो भएका छन् । उनीहरुले क्रमशः नगद ७५ हजार, ५० हजार र २५ हजार पुरस्कार प्राप्त गरेका छन् । सन्तोषीले एक घण्टा १७ मिनेट ३० सेकेण्डमा कोर्स पूरा गरिन् । दोस्रो भएकी भण्डारीले निर्धारित दूरी एक घण्टा १९ मिनेट १२ सेकेन्डमा पूरा गरिन् । तेस्रो भएकी विमला कार्कीले एक घण्टा ४९ मिनेट १५ सेकेन्ड र चौथो भएकी स्वस्तिका शाहीले निर्धारित दूरी एक घण्टा ५२ मिनेट ३४ सेकेन्डमा पूरा गरेकी थिइन् ।
    पुरुषतर्फ म्याराथन र महिलातर्फ हाफ म्याराथनसहित पाँच किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन, पाँच किमि कर्पोरेट रन, पाँच किमि ट्राइसाइकल र पाँच किमि वाकाथन लगायतका विधाहरु समावेश गरिएको उनले जानकारी दिए । नेपालगन्ज उपमहानगरपालिकाको गेटबाट सुरु भई कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भई सुरुवाती बिन्दुमा पुगेर समापन हुने म्याराथन कोर्स निर्धारित गरिएको छ । सरकार र तत्कालीन विद्रोही माओवादीबीच ५ मंसिर २०६३ मा भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएको नेपालगन्ज म्याराथन यस बर्ष मंसिर २२ गते आयोजना गरिएको म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology