(Friday 30th of October 2026)
`

दुबै महोत्सव सफल पार्न आदिवासी जनजाति र उद्योग वाणिज्य संघ विच सहमति

  • सगरमाथा गन्तब्य
  • 6.7K
    SHARES

    नेपालगन्ज १० कात्तिक – नेपालगन्जमा संचालन हुने दुर्व महोत्सवलाई सफल पार्न एक आपसमा सहमति भएको छ । यही कात्तिक २९ गतेदेखि मंसिर १८ गतेसम्म संचालन हुने महोत्सव र नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको पौष ४ गतेदेखि १६ गतेसम्म संचालन हुने महोत्सवलाई सफल पार्न एक आपसमा सहमति भएको हो । शनिवार नेपालगन्ज उद्योग वाणिज्य संघ नेपालगन्जमा बसेको दुवै पक्ष विच एक आपसमा सहमति भई सहकार्य गरेर जाने सहमति भएको नेपाल आदिवासी जनजाति महासंघ बाँकेका सचिव सचिव राजन रानामगरले बताउनुभयो । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बाँकेले आयोजना गर्न लागेको नेपालगन्जमा ‘प्रथम कृषि, पर्यटन प्रवर्धन, व्यापारिक संरक्षण तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१’ को नारालाई परिमार्जन गरि नेपालगन्ज प्रथम कृषि पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१ राखिने सहमति भएको हो । यस्तै नेपालगन्ज उद्योग वाणिज्य संघ र नेपाल आदिवासी जनजाति महासंघ कोहलपुर नगर समन्वयले आयोजना गर्न लागेको महोत्सवको मिति जुझ्न गएको खवरले यस बारे दुवै पक्ष विच समय नजुझ्न पहल गरिने सहमति भएको छ । यस्तै जनजातिले आयोजन ागर्न लागेको महोत्सवको मिति २० दिन लामो भएको हुनाले यसलाई अति समय कम गराउन सम्बन्धित सरोकारवालाले गरेको निर्णय मान्य हुने आदिवासी जनजाति महासंघ बाँकेका सचिव रानामगरले बताउनुभयो ।
    यसपटकको मेला जनजातिका परिकार, भेषभुषा परम्परागत संस्कृतिको प्रदर्शन हुने भएको हुनाले अन्य मेला भन्दा फरक देखिने नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बाँकेका अध्यक्ष डम्बरबहादुर थापामगरले बताउनुभयो । सबै समुदायको कला, संस्कृति, भेषभुषा र परिकारहरुको स्वाद लिन सकिने भएको हुनाले अहिलेसम्म कै फरक खालको महोत्सव संचालन गर्ने सोच भएको महोत्सव मुल समितिका संयोजक थापामगरले बताउनुभयो ।
    आदिवासी जनजातिका परम्परागत रीतिरिवाज, चालचलन, कला, संस्कृति, भेषभूषा लगायतका सम्बन्धित सबै कुरा पछिल्लो समयमा हराउँदै जान थालेपछि यसलाई संरक्षण, जगेर्ना र प्रवर्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यका साथ नेपालगन्जमा महोत्सव आयोजना गर्न लागिएको सचिव रानामगरले बताउनुभयो ।
    ‘विश्वभरी फैलिएका हामी जनजाति हामी आदिवासी, जोगाइ राखौं भेषभूषा, भाषा, संस्कृति’ भन्ने मूल नाराका साथ यही कार्तिक २९ गतेदेखि मङ्सिर १८ गतेसम्म नेपालगन्जमा ‘प्रथम कृषि, पर्यटन प्रवर्धन, तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१’ सञ्चालन गर्न लागिएको सचिव रानामगरले बताउनुभयो । कला तथा संस्कृति संरक्षणसहित संस्थाको भवन निर्माण सहयोगार्थ सञ्चालन गर्न लागिएको महोत्सवमा जाति, जनजाति, कला, संस्कृति संरक्षणका साथै राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुले मनोरञ्जन प्रदान गरिने उहाँले बताउनुभयो । महोत्सवमा २५० स्टल रहनेछन् । महोत्सवभर आदिवासी जनजातिका कला, संस्कृतिसम्बन्धी पौराणिक कला जातीय भेषभूषाको प्रदर्शन गरिने, कृषि पर्यटन हस्तकलासहितका स्टलहरु राखिने, लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्टलहरु प्रदर्शनी गरिने तथा जातिय खाना प्रदर्शनी गरिने पनि सचिव रानामगरले जानकारी दिनुभयो ।
    महोत्सव सफल पार्नका लागि अध्यक्ष डम्बरबहादुर थापा मगरको संयोजकत्वमा मूल आयोजक समिति र सचिव राजन रानामगरको संयोजकत्वमा सचिवालय गठन गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार कृष्ण पुनमगरको संयोजकत्वमा सल्लाहकार उपसमिति, भूपेन्द्र पुनमगरको संयोजकत्वमा सुरक्षा उपसमिति, अजय पुनमगर (गोपाल)को संयोजकत्वमा आर्थिक उपसमिति, संगीता चौधरीको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, गनबहादुर गुरुङको संयोजकत्वमा झाँकी ¥याली व्यवस्थापन उपसमिति, सुन्दर गुरुङको संयोजकत्वमा सांस्कृतिक उपसमिति, आइत पुनमगरको संयोजकत्वमा खानेपानी तथा शौचालय उपसमिति, जनक पहराई मगरको संयोजकत्वमा स्वयंसेवक उपसमिति र अशोक थापामगरको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।
    महोत्सव अवधिभर तीन लाख दर्शकले मेला अवलोकन गर्ने र पाँच करोड बराबरको आर्थिक कारोबार हुने आयोजकले जनाएको छ । महोत्सबको सह–आयोजकमा नेपाल आदिवासी जनजाति महासंघ नेपालगन्ज उपमहानगर समन्वय परिषद, नेपाल आदिवासी जनजाति महासंघ कोहलपुर नगर समन्वय परिषद, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँके शाखा, नेपाल आदिवासी जनजाति युवा महासंघ बाँके, नेपाल मगर संघ बाँके, तामाङ घेदुङ बाँके, तमु ह्युल छोज घि बाँके, नेवा पुच बाँके, बौद्ध धर्म संघ गुम्बा बाँके, नेवा दयादवु बाँके रहेका छन् भने महोत्सव २० दिन संचालन हुने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology