(Friday 30th of October 2026)
`

नेपालगन्जमा चार दिने पत्रकारिता तालिम

  • सगरमाथा गन्तब्य
  • 5.6K
    SHARES

    नेपालगन्ज, बाँके । नेपालगन्जमा चार दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । नेपालगञ्ज टेलिभिजनको आयोजनामा सुरु भएको तालिम नेपालगन्जको स्वस्तिक कटेजमा ४ दिने तालिम सुरु भएको हो ।
    नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले तालिमको उद्घाटन गर्दै तालिमले दक्ष पत्रकारहरु जन्माउने विश्वास व्यक्त गरे । तालिममा जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले मन्तव्य राख्दै तालिम सफलताको शुभकामना व्यक्त गरे । त्यसैगरी बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङले पत्रकारितामा व्यवसायिकताको खाँचो रहेको बताए ।
    राजा खान नेपालगन्जद्धारा प्रायोजित तालिममा नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय सचिव प्रभात चलाउने प्रमुख प्रशिक्षक रहेका छन् भने टेलिभिजन प्रस्तोता भौतिक मल्ल, नेपाल टेलिभिजनका बरिष्ठ पत्रकार विजय बर्मा, प्रशिक्षकका रुपमा रहेका छन् । तालिममा ३० जनाभन्दा बढि प्रशिक्षार्थी रहेका छन । तालिम शनिवार (आज) समापन हुने भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology