(Friday 30th of October 2026)
`

बहेलिया विकास समाजको अध्यक्षमा रामु निर्वाचित

  • सगरमाथा गन्तब्य
  • 6.3K
    SHARES

    नेपालगन्ज । बहेलीया चिडिमार विकास समाज बाँकेको अध्यक्षमा पुनः रामु चिडिमार सर्व सम्मत चयन भएका छन् । संस्थाको दोश्रो अधिबेशनले रामुको अध्यक्षतामा १५ सदस्सीय नयाँ समिति चयन गरेको छ । नेपालगन्ज उपहानगरपालिका वडा नम्बर १२ को सभा हलमा सम्पन्न अधिबेशन बाट सर्व सम्मत निर्वाचित उपाध्यक्षमा तिरथ चिडिमार, सचिबमा सुकराम चिडिमार, सहसचिबमा विनिता चिडिमार र कोषाध्यक्षमा हौसीलाल चिडिमार चयन भएका छन् । यसैगरी समाजको सदस्यहरुमा क्रमशः लल्लुराम चिडिमार, फुलंगी चिडिमार, सुनिता चिडिमार, अनुशा चिडिमार, सरस्वती चिडिमार, दुर्गा चिडिमार, अर्जुन चिडिमार, विक्की चिडिमार, आरती चिडिमार र परशुदीन चिडिमार रहेका छन् । अधिबेशनको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले चिडिमार समुदायको सशक्तिकरणका लागि समाजको भूमिका महत्वपूर्ण हुने विश्वास ब्यक्त गरे । बहेलीया समाजले गर्ने कार्यहरुमा नेपालगन्ज उपमहानगरपालिकाले आवश्यक सहयोग तथा सहकार्य गर्ने मेयर बिष्टको प्रतिबद्धता थियो ।

    यसैगरी कार्यक्रममा बोल्दै वडा नम्बर १२ का अध्यक्ष तरुण कुमार बज्राचार्यले चिडिमार समाजमा सचेना फैलाउन नयाँ समितिको भूमिका महत्वपूर्ण हुने बताए । उनले अधिबेशनको सफलताको शुभकामना ब्यक्त गर्दै वडाले आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता गरे । कार्यक्रममा उच्च बार एसोसिएसनका अध्यक्ष चित्र बहादुर शाही, गैर सरकारी संस्था महासँघ नेपाल बाँकेका सचिब सुर्यलाल यादब लगायतले बोलेका थिए । बहेलिया चिडिमार समाज बाँके समाजमा बिद्यमान अन्धविश्वास तथा कुरीतीहरुको अन्त्यका लागि सचेतना अभिबृद्धी गर्दै समाज विकासका लागि काम गर्ने उद्धेश्यले २०६६ सालमा स्थापना भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology