(Friday 30th of October 2026)
`

खजुरामा प्रथम आमन्त्रित अन्तर प्रदेश आई.टी.एफ. तेक्वान्दो खुल्ला प्रतियोगिता हुने

  • सगरमाथा गन्तब्य
  • 6.4K
    SHARES

    नेपालगन्ज : प्रथम आमन्त्रित अन्तर प्रदेश आई.टी.एफ. तेक्वान्दो खुल्ला प्रतियोगिता मंगलवारदेखि बाँकेमा हुने भएको छ । प्रदेश स्तरीय रेफ्री तथा टेक्निकल सेमिनार १९ र २० गते खजुरा–२ को शुक्र भलिबल स्टडियम को प्राङ्गणमा प्रथम आमन्त्रित अन्तर प्रदेश आई.टी.एफ. तेक्वान्दो खुल्ला प्रतियोगिता आयोजना हुन लागेको हो ।
    नेपाल अन्तराष्ट्रिय महासंघ नेपाल, बाँके जिल्ला आई.टी.एफ. तेक्वान्दो संघ, बाँके जिल्ला आई.टी.एफ. तेवान्दो संघ, मोडेल आई.टी.एफ. तेक्वान्दो एकेडेमीको आयोजनामा मंगलवारदेखि प्रदेश स्तरीय रेफ्री, टेक्निकल सेमिनार तथा तेक्वान्दो प्रतियोगिता हुने भएको आयोजकले सोमवार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने मूल नारालाई आत्मसात गर्दै खेलकुदको माध्यमबाट युवा पुस्तालाई जागरुक गराउने तथा लागु दुव्र्यसनीबाट बचाउने युवा पुस्तालाई अनुसाशित बनाउने स्वस्थ तथा स्वच्छ समाजको निर्माण गर्ने आन्तरिक पर्यटनको बृद्धि गर्ने विभिन्न प्रतियोगितामा खेलाडीहरुलाई सहभागी गराई राष्ट्र तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ यस प्रतियोगिता राखिएको आयोजकले जनाएको छ ।
    उक्त प्रतियोगिता ४ वटा प्रदेशको सहभागीता सहित महिला र पुरुष गरी जम्मा २८० जना खेलाडीले भाग लिने छन् भने उक्त प्रतियोगितामा १५ गोल्ड, १५ शिल्भर र ३० कास्य मेडलका लागि प्रतिस्पर्धा हुने मोडेल आई.टी.एफ. तेक्वान्दो, बाँकेका अध्यक्ष होम बहादुर सुनारले बताउनुभयो । प्रतियोगितामा २० देखि ६० के.जी. तौलसमूहका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन । प्रतियोगितामा पुरुष उत्कृष्ट खेलाडी तथा महिल उत्कृष्ट खेलाडीले ट्रफी तथा प्रमाण–पत्रको व्यवस्था गरिएको छ । प्रतियोगिताको उद्घाटन प्रतियोगिताको प्रमुख अतिथि तथा खजुरा गाउँपालिकाका अध्यक्ष डम्मर वि.क. तुफानले गर्ने आयोजकले जनाएको छ ।
    प्रतियोगिताको लागि आवश्यक पर्ने खजुरा गा.पा. तथा सबै वडा कार्यालयहरु, कुमारी बैंक, सान नेपाल लगायतका संस्थाहरुबाट व्यवस्था गरिनेछ । प्रतियोगितामा आई.टी.एफ. तेक्वान्दोको डेमोस्टेशन तथा विभिन्न झाँकी सहित प्रस्तुती हुने आयोजकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology