नेपालगन्ज – अखिल नेपाल महिला संघ बाँके जिल्ला कमिटि र अनेमसंघ नेपालगन्ज उप–महानगर पालिका कमिटिको आयोजनामा महिला हिंसा विरुद्ध चेतनामुलक तिज गित प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नेपालगन्ज वडा नं.९ प्रथम गीता अर्यालको टिम, दुतिय निर्मला विसीको टिम तृतीय, कमला गौतमको टिमले सान्त्वाना पुरस्कार पाएको छ ।
अनेमसंघ अध्यक्ष मिना ढकालको अध्यक्षतामा सम्पन्न महिला हिंसा विरुद्धको तीज गीत प्रतियोगितामा अनेमसंघ केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश इन्र्चाज तथा यस कार्याक्रमका प्रमुख अतिथि विना ज्ञवालीले महिलाहरुलाइ चेतना जगाउने र परम्परा र संस्कृतिलाइ जोगाइराख्न मौलिक गितको ठुलो महत्व हुने कुरामा जोडदिदै महिला एकजुट भएर अगाडि बढ्न सुझाब दिनुभयो ।
नेकपा एमाले केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज शान्ति ढकालले माइती टाढा हुनेहरुलाइ यसरी जम्मा गरेर तिज मनाउन पाउदा टाढा माइति भएका महिलाहरुलाइ माइतीको याद मेटाउने बताउदै अनेमसंघले यसरी तिज गित प्रतियोगिता गरेर समाजमा महिला हिंसा विरुद्ध चेतना फैलाउने काम गरेकोमा धन्यवाद दिदै यस्ता कार्यले निरन्तरता पाउनु पर्ने बताउनु भयो ।
यसैगरी अनेमसंघ केन्द्रिय सदस्य अछरी पोखरेलले महिलाहरुको पिडा पोख्ने, महिलाका हक अधिकारको विषयमा आवाज उठाउने गित गाउनु पर्नेमा जोड दिनुभयो ।
अनेमसंघ सचिव अनिता थापाद्धारा संचालन गरेको कार्यक्रममा नेकपा एमाले प्रदेश सदस्य, एकमाया विक, हिरा खराल, बाँके जिल्ला अध्यक्ष निरक गुरुङ, निबर्तमान अध्यक्ष किस्मत कक्षपति, अनेमंघ प्रदेश सह सचिव तलत प्रविण खान, सदस्य अनिता थापा, पाटी जिल्ला कमिटिका सदस्यहरु, पार्टी महिला इन्चार्ज अम्बीका आचार्य धिताल, अनेमसंघ नगर कमिटिका अध्यक्ष रीना पौडेल, सचिव रुक्मीणा भरती, अनेमसंघ कोहलपुर नगर अध्यक्ष उर्मिला पाण्डे, नेपालगन्ज पाटी नगर कमिटिका अध्यक्ष मोहित शाह, नि.अध्यक्ष दत्त प्रसाद आचार्य, क्षेत्र नं.२ का इन्चार्ज अशोक कर्मचार्य, वडा नं. ९ का अध्यक्ष गोविन्द रेग्मी, घरेलु उद्योग महासंघका उपाध्यक्ष रामचन्द्र तिवारी, जिल्ला कमिटि सदस्य भाष्कर काफ्ले, पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो । यस अघि पनि कोहलपुर नगर कमिटिले पनि तिज गित कार्यक्तम सम्पन्न गरेको छ । यसैगरी नेपालगन्ज उपमहानगर पालिका कमिटिद्धारा पनि हरितालिका तिज कार्यक्रम मनाएको थियो ।
