नेपालगन्ज : हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको पावन अवसरमा बैजनाथ राष्ट्रिय दैनिकले तिज प्रतियोगिता आयोजना गर्ने भएको छ । मौलिक कला संस्कृतिको संरक्षण गरौं भन्ने मुल नाराका साथ नाचौ आदर्श तिज नृत्य प्रतियोगिता २०८१ यही भाद्र १५ गते आयोजना गर्न लागेको हो ।
बैजनाथ गाउँपालिका स्थित प्रभात नमुना माविको प्राङगणमा हुन लागेको आदर्श तिज नृत्य प्रतियोगितामा भाग लिन चाहने दिदीवहिनीहरुका लागि धमाधम फर्म वितरण भैरहेको सांस्कृतिक संयोजक सन्त कुमार विश्वकर्माले जानकारी गराउनुभएको छ । भाग लिन चाहनेहरुका लागि यही भाद्र १२ गते भित्र अन्तिम नाम दर्ता मिति राखिएको आयोजक टिमले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट नृत्य प्रदर्शन गर्ने नृत्याङगनालाई पुरस्कार प्रदान गरिने आयोजक टिमका अध्यक्ष कुशल दर्लामीले जानकारी गराउनुभयो । नृत्यमा भाग लिन चाहनेहरुका लागि फर्म शुल्क ५ सय रुपैय तय गरिएको अध्यक्ष दर्लामीले जानकारी गराउनुभयो । प्रतियोगितामा प्रथम, दोश्रो र तृतियलाई पुरस्कार घोषणा गरिएको छ जसमा क्रमस १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्रदान गरिने भएको छ । नृत्य गर्ने समय जम्मा ३ मिनेट राखिएको आयोजकले जनाएको छ ।
महिला हिंसा विरुद्ध जनचेतना मुलक कार्यक्रम नाचौ रमेर, मौलिक कला संस्कृति संम्बद्धर्न र संरक्षण गरौ सबै मिलेर, आदर्श तिज नृत्य प्रतियोगिता २०८१ लाई सभ्य र भव्य रुपमा सफल बनाउन प्रचारप्रसारलाई तिव्र पारिएको आयोजकले जनाएको छ । प्रतियोगिताको सहकार्य जिगाउँ युथ स्पोर्टस क्लवले गरेको छ भने समन्वय बैजनाथ गाउँपालिका रामपुर बाँकेले गरेको छ । आदर्श तिज नृत्य प्रतियोगिता २०८१ को आयोजना बैजनाथ राष्ट्रिय दैनिक बाँकेले गरेको छ । तिज नृत्य प्रतियोगितामा भाग लिन चाहनेहरुका लागि सांस्कृतिक संयोजक सन्त कुमार विश्वकर्मा, अध्यक्ष कुशल दर्लामी, ९८५८०५३१०७ लाई सम्पर्क गर्न सकिने छ ।
