नेपालगन्ज : थारु कल्याणकारिणी सभा बाँकेको ११ औ अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई शुक्रवार नेपालगन्जमा पदभार ग्रहण गराइएको छ ।
अधिवक्ता तथा अधिवेशनका निर्वाचन अधिकृत राधेश्याम थारुले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई पदभार ग्रहण गराउनुभएको हो । गत साउन ३२ गते थाकस बाँकेको ११ औं अधिवेशन सम्पन्न भएको थियो । अधिबेशनबाट १७ जनाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको थियो । नवनिर्वाचित कार्यसमितिका पदाधिकारी थाकस बाँकेका सभापति संगीता चौधरी, उपाध्यक्ष बनिलाल थारु, परिना थारु र उषा चौधरी, सचिव विष्णु कुमारी चौधरी, सहसचिव परशुनारायण थारु, कोषाध्यक्ष मनोज कुमार थारु, सदस्यहरु कालू राम थारू, भिख्खु थारु, भगौती प्रसाद थारु, जंगली थारू, लक्ष्मी चौधरी, दिपक थारू, निर्मला चौधरी, तिर्थ बहादुर चौधरी, संजय कुमार थारु, प्रदेशराम थारुलाई निर्वाचन अधिकृत राधेश्याम थारुले प्रमाणपत्र सहित पदभार ग्रहण गराउनुभएको छ ।
अधिवेशनबाट ८ जना पार्षद चयन गरिएको थियो जसमा नेम नारायण सिंह थारू, जनक बहादुर थारू, सन्तोष चौधरी, जागेश्वर थारु, चन्तराम थारु, विनोद थारु, जीत बहादुर थारु, चन्द्र बहादुर चौधरीलाई पनि प्रमाणपत्र वितरण गरिएको थाकस बाँकेका सचिव विष्णु कुमारी चौधरीले जानकारी गराउनुभयो । पदभार कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष विनोद थारुले गर्नुभएको थियो भने प्रमुख अतिथि ११ औं अधिबेशनका निर्वाचन अधिकृत राधेश्याम थारुले गर्नुभएको थियो ।
