(Friday 30th of October 2026)
`

चलचित्र “स्वीकार” को छायाङकन सकियो

  • सगरमाथा गन्तब्य
  • 13.6K
    SHARES

    नेपालगन्ज – नेपाली कथानक चलचित्र स्वीकारको छायाङकन सम्पन्न भएको छ । सगरमाथा गन्तव्य मिडिया प्रालि एवं सगरमाथा ई.बोडिङ स्कूलको सयुक्त प्रस्तुतीमा नेपाली कथानक चलचित्र स्वीकारको छायाङकन करिब १ महिना ७ दिन लागेर सम्पन्न भएको हो । नेपालगन्जमा धार्मिक, शिक्षा, स्वास्थ्य लगायतका विषयबस्तुमा आधारित फिल्मले स्थानिय कलाकारहरुलाई जोड दिएर समसामयिक जनचेतना मुलक नेपाली कथानक चलचित्र निर्माण गरिएको फिल्म युनिटले जनाएको छ । नेपालगन्जको सेरोफेरोमै छायाङकन भएको र स्थानिय कलाकारहरु कै सहभागितामा फिल्म निर्माण भएको हुनाले फिल्मले सफलता हासिल पाउने लक्ष्य फिल्म युनिटको रहेको छ ।
    फिल्मको निर्मातामा कृष्ण जिसी र लक्ष्मी विसी रहनु भएको छ भने निर्देशकको भुमिकामा चर्चित निर्देशक रञ्जित रानाले गर्नुभएको छ । यस्तै फिल्मको नृत्य निर्देशक तथा मुख्य गुरुको भुमिकामा नेपाली सिने कलाकार गोविन्द प्रभातले साथ दिनुभएको छ । यस्तै अन्य कलाकारहरुमा सानु टमटा, सुजन सुनार, आस्था जि.सी., करुणा सुनार, अंकित गिरी, रुपक रोकाय, सञ्जिता शाही, छाँया रोकाय, अनिश आचार्य, गोबिन्द प्रभात, लक्ष्मी थारु, दिपक थापा, नैना पुन मगर आदि रहेका छन् ।


    फिल्मको छायाङकन रामु चौधरीले गर्नुभएको छ भने मेकअपमा लक्ष्मी चौधरीको भुमिका रहेको छ । २ घण्टा बढि समयको निर्माण भएको स्वीकार फिल्म नेपालगन्ज एवम् यस क्षेत्र वरिपरिको तिर्थस्थल, पर्यटन बिकास पर्बद्धनका लागि बागेश्वरी मन्दिर, रानी तलाउ, वाटरपार्क, कर्णाली चिसापानीका साथ सामाजिक सचेतना केन्द्रित रहेर यो चलचित्र छायांकन भएको चलचित्र युनिटले जानकारी गराएको छ । असार १३ गतेदेखि छायाङकन सुरु भएको फिल्मको छायाङकन साउनको २० गते सम्पन्न भएको थियो । केही समयपछि यथाशीघ्र दर्शक माझ पस्कने पनि चलचित्र युनिटले प्रतिवद्धता गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology