नेपालगन्ज : नेपाल कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला कार्यसमिति बाँकेको पुर्ण बिषेश साधरणसभा कार्यक्रम सम्पन्न गरिएको छ । शनिवार नेपाल कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला कार्यसमिति बाँकेको आयोजनामा पुर्ण बिषेश साधरणसभा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी तथा नेपालगन्ज उपहानगरपालिकाका उपप्रमुख मोहम्मद कमरुद्दिन राईले शुभकामना व्यक्त गर्दै नेपाल कपडा तथा सिलाई व्यवसायीका लागि कानुनले दिएको र आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । नेपालगन्ज उपमहानगरपालिकाले अगामी दिनहरुमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ संग सहकार्य गरेर कार्यक्रमहरु समेत गर्ने उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रमका बिशिष्ट अतिथी तथा नेपाल कपडा तथा सिलाई व्यवसायी केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सह संयोजक सालिकराम नगवागले सिलाइ व्यवसायीहरुका लागि निति बनाउन आवश्यक रहेको औल्याउनु भयो । सिलाई व्यवसायीहरुका लागि सन्तोषजनक निति बन्न नसक्दा पटक पटक सिलाई व्यवसायीहरु मारमा पर्ने गरेको उहाँले दुखेसो व्यक्त गनुभयो । सिलाई व्यवसायीहरुको एकता नभएकै कारण भारतीय कपडा तथा सिलाई व्यवसायीहरु हाबी हुँदै गएको केन्द्रिय सदस्य नगवागको ठम्माई छ ।
राज्य तथा स्थानीय सरकारले अनुगमनमा कडाइ नगर्ने भएकाले बिद्यालयका केही व्यक्तिहरुले कमिसनका लोभमा स्वदेशी सिलाई व्यवसायीहरुलाई मारमा पार्दे भारतीय कपडा व्यवसायीहरुसंग कारोबार गर्ने भएकाले यहाँका सिलाई तथा कपडा व्यवसायीहरुले आर्थिक संकट समेत भोग्नु गरेको गुनासो सुनाउनुभयो । केही समय यता बिद्यालयमा किताब देखी डे«समा समेत कमिसनको ब्यापार भईरहेको उहाँले बताउनुभयो ।
यस्तै कार्यक्रमका बिशिष्ट अतिथी तथा नेपालगन्ज उपहानगरपालिका वडा नं २० वडाअध्यक्ष कौशल कुमार धोबीले एकतामा शक्ति हुने भएकोले सिलाई व्यवसायीहरु एकरुपले एकताबद्ध हुन आग्रह गर्नुभयो । कमिसनको व्यापार गर्ने बिद्यालय अनुगमनमा कडाइ गर्न आवश्यक रहेको बताउदैं यस्ता समस्याको समाधान गर्न नेपाल कपडा तथा सिलाई व्यवसायी संघलाई अझं चुस्त दुरुस्त बनाउन आवश्यक देखिएको वडा अध्यक्ष धोबीले जानकारी गराउँनुभयो । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ संगै सम्वन्य गरेर वडाले सिलाई व्यवसायीहरुलाई २ लाख बराबर ऋण समेत प्रवाह जस्ता कार्यक्रमहरु गरेको उहाँले बताउनुभयो । अगामी दिनहरुमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघमा आबद्ध सिलाई तथा कपडा व्यवसायीहरुले योजना बनाएर वडामा आएमा व्यवसायीहरुलाई बिना धितो २ लाख सम्म ऋण समेत दिने वडा अध्यक्ष धोबीले प्रतिबद्धता जाहिर गर्नुभयो ।
यसैबिच नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बाँकेको पुर्ण बिषेश साधरणसभाबाट सर्वसहमत नया कार्यसमिति चयन गरिएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बाँकेका अध्यक्ष पदमा मोहमम्द मोहसिन हल्वाईलाई सर्वसहमत चयन गरिएको छ । अध्यक्ष हल्वाईलाई अध्यक्षतामा १३ जना कार्यसमिति चयन गरिएको छ ।
