(Friday 30th of October 2026)
`

मनलाइ सुन्दर बनाउने यस संस्था ब्युटिपालर हो : ब्रह्माकुमारी दुर्गा

  • सगरमाथा गन्तब्य
  • 9.5K
    SHARES

    नेपालगन्ज : ब्रह्माकुमारी ईश्वरीय बिश्व बिद्यालय क्षेत्रीय कार्यालय नेपालगन्जले संचारकर्मीहरुका लागि मिडिया स्नेह मिलन रिफ्रेसमेन्ट कार्यक्रम गरेको छ । सोमवार ब्रह्माकुमारी ईश्वरीय बिश्व बिद्यालय नेपालगन्जले स्वच्छ र स्वस्थ समाजको लागि आध्यात्मिक सशक्तिकरणमा मिडियाको भुमिका बिषयक मिडिया स्नेह मिलन रिफ्रेसमेन्ट कार्यक्रम गरेको हो ।
    ब्रह्माकुमारी ईश्वरीय बिश्व बिद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र, नेपालका केन्द्रिय उपाध्यक्ष एवंम क्षेत्रीय प्रमुख राजयोगिनी बालबह्माचारिणी ब्रह्माकुमारी दुर्गा दिदीले आध्यात्मिक सशक्तिकरणबाट शान्ति सम्भव रहेको बताउनुभयो । समाजमा हिजो एक अर्कोलाई सहयोग सद्भाव आदनप्रदान हुने गरेको तर आज एक अर्कोलाई सिध्याउने प्रचलन बढेको उहाँले बताउनुभयो ।
    ‘चाहे जुनसकै धर्म र आस्थाको कारण लडाइ भएको होस्, त्यसले नाश मात्रै गरेको छ, पृथ्वी बचाउनको लागि हर सबैमा एकले अर्कोलाई सम्मान गर्ने आदतको अनिवार्यता छ’ बालबह्माचारिणी ब्रह्माकुमारी दुर्गा बताउनुहुन्छ । मनलाइ सुन्दर बनाउने यस ईश्वरीय बिश्व बिद्यालय ब्युटिपालर रहेकोले सञ्चारकर्मीहरुलाई कलम चलाउन उहाँले आग्रह गर्नुभयो ।
    कार्यक्रममा प्रमुख अतिथी तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाईले स्वच्छ र स्वास्थ्य समाजको लागि आध्यात्मिक सशक्तिकरण अभियानको आवश्यकताबारे औल्याउदै यस अभियानले चेतनालाई सकरात्मकता दिलाउने बताउनुभयो । उहाँले सञ्चारकर्मीको दायित्वलाई मनन गराउदै मानसिक, शाररिक रुपमा स्वस्थ्यका लागि यस संस्था अपरिहार्य रहेको जानकारी गराउनुभयो ।
    ब्रह्माकुमारी ईश्वरीय बिश्व बिद्यालय क्षेत्रीय कार्यालय नेपालगन्जमा बिहान ३ बजेदेखि साढे ४ बजेसम्म शाररिक तथा मानसिक मेडिटेसन हुने भएकोले सुन्दर सोचको बिकास गर्न र आफुलाई स्वस्थ बनाउन मेडिटेसन गर्न उक्त बिश्व बिद्यालयले आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology