(Friday 30th of October 2026)
`

स्केट गेममा युवायुवतीको क्रेज

  • सगरमाथा गन्तब्य
  • 8.4K
    SHARES

    नेपालगन्ज : नेपालगन्जमा स्केटिङ्ग खेल्न चाहने टिन एजरहरूको संख्या ठूलै देखिएको छ । नेपालगन्जमा नौलो प्रस्तुति रहेकाले युवाहरूमा समेत यसको क्रेज देखिन्छ । नेपालगन्जमा पनि एक पछि एक गरेर स्केट हाउस सञ्चालन भैरहेका छन् ।
    आइतवार नेपालगन्जमा बागेश्वरी स्केट हाउसले शुभमुर्हुत गरि स्केटिङ्ग खेलका ‘इन्डोर स्केटिङ्ग’ शुभारम्भ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ कोरियनपुर स्थित बागेश्वरी स्केट हाउसले गुरुपुर्णिामाको अवसरमा शुभमुर्हुत गरि स्केटिङ्ग खेलका ‘इन्डोर स्केटिङ्ग’ शुभारम्भ गरेको हो ।
    झन्डै ६० लाख लागतमा निर्माण गरिएको सुविधा सम्पन्न स्केट हाउसमा विभिन्न प्याकेजहरू सहित स्केटिङ्ग खेल सञ्चालनमा ल्याएको स्केट हाउसका सञ्चालक जनक कुमार डाँगीले जानकारी गराउनुभएको छ । खेल शारीरिक तथा मानसिक स्वास्थ्यका लागि लाभदायिक भएकाले पछिल्लो समय बालबालिका तथा युवाहरुको क्रेज स्केटमा बढि भएको छ । मोबाइलको बढी प्रयोग र कुलतमा फस्ने जस्ता कार्यहरुमा बढी केन्द्रीत हुने युवायुवतीलाई स्केटिङ्गको खेलमा ब्यस्त बनाउने र शरिरको लागि पनि राम्रो हुने उहाँले जानकारी गराउनुभयो । स्केट हाउसमा सिसिटिभी क्यामेरा जडान गरिएकाले सिसिटिभीको निगरानीमा स्केटिङ्ग प्रशिक्षण गराउने सञ्चालक डाँगीले जानकारी गराउनुभयो । उहाँका अनुसार मासिक प्याकेज लिएर स्केटिङ्ग गर्न आउने प्रशिक्षार्थीहरुले घरमै बसेर आफ्ना बच्चाहरुको अनलाइन मार्फत निगरानी गर्ने सकिने स्केट हाउसले व्यवस्था गरेको जानकारी गराएको छ । स्केट हाउसले मासिक ४ हजार १ सय रुपैया, १५ दिनको २२ सय रुपैया, दिनको १ घन्टा स्केटिङ्गको १ सय रुपैया शुल्क तय गरेको स्केट हाउसले जानकारी गराएको छ ।


    नेपालगन्जमा पहिलो आधिकारिक मान्यता प्राप्त भएर दर्ता गरिएको बागेश्वरी स्केट हाउसले दुईजना वरिष्ठ ट्रेनर र चारजना सहायक ट्रेनरद्वारा प्रशिक्षार्थीहरूलाई स्केटिङ्ग प्रशिक्षण गराउने गरेको संचालक डाँगीले जानकारी गराउनुभयो । बागेश्वरी स्केट हाउस स्केटिङ्गकै लागि निर्माण गरिएकाले जिल्ला स्तरीय तथा विद्यालय स्तरीय स्केटिङ्ग खेलको आयोजना गरिने सञ्चालक डाँगीले जानकारी गराउनु भएको छ ।
    उद्घाटनको पहिलो दिन आइतबार एक सय रुपैया शुल्क लिएर स्केटिङ्गको व्यवस्था गरिएको थियो । स्केटिङ्ग हाउसमा एक पटकमा ७० जनाले खेल्न सक्ने स्केट हाउसले जनाएको छ । स्केट हाउस बिहानको ६ बजेदेखि साँझाको ९ बजेसम्म सञ्चालन गरिने स्केट हाउसका संचालक डाँगीले जानकारी गराउनुभएको छ । बागेश्वरी स्केट हाउसको ग्रान्ड ओपनिङ केही दिनमा गरिने स्केट हाउसले जानकारी गराएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology