(Friday 30th of October 2026)
`

नेपालगन्ज २१ मा अभिमुखिकरण

  • सगरमाथा गन्तब्य
  • 6.2K
    SHARES

     हेमराज भट्ट – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ का अध्यक्ष राज कुमार शाहुले बाल बालिकालाई प्राथमिकिकरणमा राखेर काम गरिरहेको बताएका छन् । नेपालगन्ज उपमहानगरपालिका २१ नम्बर वडा कार्यालयको सहयोग तथा नाईस नेपालगन्जको आायेजनामा आज सम्पन्न बाल क्लब परिचालन सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष शाहुले बाल बालिकाहरुको सुरक्षा वडाको जिम्मेवारी रहेको भन्दै बाल क्लबसँगको सहकार्यमा रहेर काम गरिरहेको बताएका हुन् । अभिमुखिकरणबाट सिकेको कुरालाई ब्यहारमा लागु गर्न अनुरोध गर्दै अध्यक्ष शाहुले वडाको नयाँ नीति तथा कार्यक्रम तयार भईरहेकाले के कस्तो कार्यक्रम आवश्यक पर्छ माग गर्न बाल क्लबका पदाधिकारीहरुलाई अनुरोध गरे ।

    उनले बाल क्लबको क्षमता अभिबृद्धी र बाल क्लब परिचालनमा सबै तत्पर रहने प्रतिबद्धता गरे । अभिमुखिकरणमा बोल्दै वडा सचिब सुर्य नेपालीले बाल क्लब मार्फत बालबालिकाको सर्वार्गीण विकास हुने भन्दै क्लबमा आवद्ध भएर काम गर्न सबै बालवालिकाहरुलाई अनुरोध गरे । वडा कार्यालयले बालबालिकाका लागि बर्षेनी कार्यक्रम तयार गर्ने गरेको बताउदै कार्यक्रमबाट सिकेको कुरालाई ब्यवहारमा लागु गर्न अनुरोध गरे । उनले अभिमुखिकरणमा बाल क्लब र वडा कार्यालय बिचको सम्बन्ध तथा कानुनी प्रावधानका बिषयमा सहजिकरण गरेका थिए । बाल बालिकाको क्षमता अभिबृद्धी कार्यक्रम अन्तरगत बाल क्लब परिचालन सम्बन्धी अभिमुखिकरणमा बाल क्लब परिचालनका विभिन्न बिषयमा बास नेपालका कार्यकारी निर्देशक तथा प्रशिक्षक नमस्कार शाह, कानुनी प्रावधानका बिषयमा वडा सचिब सुर्य नेपाली र बाल संरक्षण, बाल अधिकार, बैठक सञ्चालन लगायतका बिषयमा नाईस नेपालगन्जका अध्यक्ष हेमराज भट्टले सहजिकरण गरेका थिए ।

    अभिमुखिकरण पश्चात प्रतिक्रिया मन्तब्य राख्दै तालिमका सहभागि भगवति सिंहले पहिलो पटक तालिममा सहभागि भएको बताउदै तालिमबाट धेरै नयाँ कुराको जानकारी हासिल भएको बताईन् । उनले बालबालिका लक्षित कार्यक्रममालाई प्राथमिकिकरणमा राख्न वडालाई अनुरोध गरिन् । उनले अभिमुखिकरणबाट सिकेको कुरालाई बाल क्लबका अन्य पदाधिकारीहरुलाई जानकारी गराउने र ब्यवहारमा समेत उतार्ने प्रतिबद्धता गरिन् । नाईस नेपालगन्जका सह सचिब माधब कार्कीले सञ्चालन गरेको अभिमुखिकरणमा स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश नाईस नेपालगन्जका उपाध्यक्ष शोभा थापा मगरले गरेकी थिईन् । वडा अध्यक्ष राज कुमार साहु, वडा सचिब सुर्य नेपाली, वडा सदस्य निराज अहमद वागवान, अरुण कुमार मिश्र, मैति कुमारी बिक, वडाका कर्मचारी चित्रा कुमारी पुनको उपस्थिती रहेको थियो । अभिमुखिकरणमा २५ जनाको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology