(Saturday 25th of July 2026)
`

नेपालगञ्ज भन्सारको ब्यारियर अब २४ घण्टा खुला रहने

  • सगरमाथा गन्तब्य
  • 4.4K
    SHARES

    नेपालगन्ज : नेपालगन्ज १६ जयसपुरस्थित सुर्खेत रोडको नेपालगन्ज भन्सार कार्यालय अगाडिको ब्यारियल अबदेखि २४ घण्टा खुला हुने भएको छ ।
    राति १० बजेपछि ब्यारियल बन्द हुँदा जमुनाहा नाका वरिपरि र पिप्रहवा लगायतका क्षेत्रमा बसोबास गर्ने नेपालीलाई रातको समयमा आवागमन गर्न सास्ती खेप्नु परेको गुनासो आएको थियो । स्थानीयले गुनासो गरेपछि ब्यारियल खुला राख्ने निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।
    उहाँले नागरिकको गुनासोपछि जिल्लाका सुरक्षा निकायका प्रमुखसहित भन्सार कार्यालयका प्रमुख समेतको उपस्थितिमा सो ब्यारियल लगायत नाकाको निरीक्षण गरिएपछि उक्त ब्यारियल २४ घण्टा खुला राख्ने निर्णयमा पुगेको बताउनुभयो ।
    स्थानीय प्रशासनले निर्णय गरेपनि कार्यान्वयनका लागि समय लाग्नेछ उहाँले भन्नुभयो । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख ध्रुव विकले निर्णय भन्सार विभागलाई जानकारी गराइसकेको र अनुमति प्राप्त हुने बित्तिकै कार्यान्वयन हुने बताउनुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology