नेपालगन्ज : बाँकेमा जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा बाढी सम्बन्धि बाढी कृत्रिम घटना अभ्यास गरिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटी, समाजसेवी, बुद्धिजिवी, अधिकारकर्मी, पत्रकार लगायतको सहभागितामा बुधवार बाढी कृत्रिम घटना अभ्यास कार्यक्रम गरिएको हो । बाढी विपदबाट हुने सक्ने सम्भावित जनधनको क्षती कम गर्न प्रत्येक वर्ष बाँकेमा पूर्व तयारी स्वरुप बाढी विपद्को कृत्रिम घटना अभ्यास गरिदै आएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले कृत्रिम घटना अभ्यासले उद्दारकर्मीहरुको क्षमता बृद्धि हुने र जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो । बाँकेको तटीय क्षेत्रमा रहेको बस्तीहरु अझँ बढी बाढी जोखिममा रहेको हुदा बाढी बिपद्को बेलामा बाढी कृत्रिम अभ्यासले पुर्व तयारीमा र जनचेतना टेवा पुर्याउने उहाँले बताउनुभयो ।
उक्त अभ्यासमा नेपाली सेनाको मेडिकल टिम र नेपाल रेडक्रस सोसाइटी बाँकेले बाढीको जोखिमबाट घाइते भएकाहरुलाई प्राथमिक उपचार सेवा प्रदान गरी थप उपचारका लागि अस्पताल पुर्याएका थिए । अधिकांश व्यक्तिहरुले अभ्यासबाट दक्ष जनशक्तिको सीप प्रदर्शन र उपलब्ध उद्दार सामाग्री चुस्तदुरुत रहने कुरा उल्लेख गर्दै स्थानीय तहहरुले पालिका स्तरमा पनि कृत्रिम घटना अभ्यास गर्नुपर्ने आवश्यकता रहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रुपन ज्ञवालीले गर्नुभएको थियो ।

