नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिका वडा नं १ मा समुदायसंगको छलफलबाट आएको समस्याहरुको प्रथामिकीकरणको लागि वडा भेला सम्पन्न गरिएको छ । वल्र्ड भिजन इन्टरनेशनल नेपालको आयोजनामा नरैनापुर गाउँपालिका वडा नं १ को कार्यालयमा समुदायसंगको छलफलबाट आएको समस्याहरुको प्रथामिकीकरणको लागि मंगलवार वडा भेला सम्पन्न गरिएको हो ।
वडा भेलाबाट पाँच बर्ष मुनिका बालबालिकाले प्रयाप्त मात्रामा आमाको दुध र पोषिलो खाना नपाएको कुपोषित हुने गरेको, सरकारी बिद्यालयमा भाषाको समस्या बिद्यालयमा पढाउने शिक्षक नेपाली भाषामा बोल्ने तर बिद्यार्थीहरु मधेशी समुदायको हुदा उनीहरुलाई शैक्षिक पठनपाठन गराउदा कठिनाई हुने, बिद्यायमा शौचालयको अभाब, मदरसामा बिषयगत शिक्षक नहुने, बाटोमा फेहोर थुप्र्ने समुदायमा सरसफाईको कमी, शौचालय भएतापनि प्रयोग नगर्ने त्यस्का कारण रोग बढ्ने, पुर्ण खोप नलगाउने, छोरीलाई बिद्यालय नपठाउने, सिचाई मल र बिउको अभाब, गर्भवती महिलालाई पोषण युक्त खाना र चेकजाचको नगर्ने, बिपन्न बर्गका बालबालिका शिक्षाबाट बञ्चित हुनु पर्ने लगायत समस्याहरु बिषयमा वडा भेलामा छलफल गरिएको थियो ।

समुदाय संगको छलफलबाट आएको समस्याहरुको प्रथामिकीकरणको लागि वडा भेलाबाट वडाको समस्यालाई पहिचान गर्न सहज हुने नरैनापुर गाउँपालिका वडा नं १ का वडाअध्यक्ष इसाक जोलाहले बताउनुभयो । समुदायमा भएका समस्याहरुलाई वडा भेला मार्फत जनचेतना जगाई समस्याको समाधान निकाल्ने उहाँले जानकारी गराउँनुभयो । नरैनापुरमा वडा नं १ मा शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई प्रमुख समस्या रहेको बताउदै यि समस्यालाई समयमै समाधान गर्न सरकारले नरैनापुरमा प्रयाप्त बजेटको बिनियोजन गर्नु वडाअध्यक्ष जोलाहले बताउनुभयो ।
